Fast Nepal News

नयाँ बसपार्क स्थित कान्तिपुर मलमा किनमेल गर्दा उपहार जित्ने मौकाख

banner single news

काठमाडौं – ०३ असोज २०७९

काठमाडौं, काठमाडौं छिर्ने मुख्य नाका नयाँ बसपार्कमा रहेको कान्तिपुर मलमा चाडवाडको रौनक बढेको छ। ग्राहकलाई आकर्षित गर्न यस मलले विभिन्न योजनाहरु ल्याएको छ। कान्तिपुर मलले गुणस्तरीय सामानका साथै विशेष छुट दिने योजना पनि ल्याएको छ ।

विगत १६ वर्षदेखी निरन्तर रुपमा उपहार कार्यक्रम आयोजना गर्दै आएको नयाँ बसपार्क,गोङ्गबु काठमाडौं स्थित कान्तिपुर मलले यस वर्ष पनि दसैं, तिहार र छ्ठ पर्वलाई लक्षित गरी उपहार प्याकेज ल्याएको छ । मलका चारै कुना सजाएर चिटिक्क पारिएको छ। आफ्ना ग्राहकलाई आकर्षित गर्न मलले चाडपर्वको अवसरमा सामान खरिदमा छुटदेखि उपहार योजना पनि ल्याएको छ।

मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले एक हजार रुपैयाँभन्दा माथिको सामान खरिदमा एक वटा उपहार कुपन प्राप्त गर्नेछन् । उपहार योजनाअन्तर्गत मङ्सिर १ गते ग्राहकको उपस्थितिमा पुरस्कार घोषणा हुने मलका महाप्रबन्धक अमर निरौलाले जानकारी दिनुभयो। कान्तिपुर मलको उपहार योजनामा मोटरसाइकल,बाईक,टिभी,फ्रीज लगायतका उपहार सामाग्री राखिएका छन् ।

Inside Article Ads

उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यामहा बाईक, दोश्रो पुरस्कार १२५ सिसिको यामहा स्कुटर, तेश्रो पुरस्कार ४३ इन्चको एमआई कम्पनीको एलईडि ,चौथो पुरस्कार सान्सुई कम्पनीको २०० लिटरको फ्रीज र अन्य मेमाको घडी,आईरन लगायतका सान्त्वना पुरस्कार पनि राखिएका छ्न् ।

कान्तिपुर मलमा आउने ग्राहकले सुपथ मूल्यमा गुणस्तरीय सामान प्राप्त गर्ने कान्तिपुर मलको दाबी छ। चारै कुनामा सिसिटिभी जडान गरिएको र जुनसुकै बेला पनि सेक्युरिटी गार्डको प्रवन्ध गरिएकाले किनमेल गर्न कान्तिपुर मल ग्राहकका लागी सुरक्षित रहेको कान्तिपुर मलको दाबी छ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.