Fast Nepal News

भृकुटीमण्डप हस्पिटालिटी मेलामा घोरिवालाको सामान खरिदमा ३० प्रतिशतसम्म छुट

banner single news

काठमाडौं । घोरिवाला मार्टले हरेक सामान खरिदमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी  फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२मा स्टल नम्बर १३२ मा रहेको घोरिवाला मार्टले हरेक सामानको खरिदमा ३० प्रतिशत छुटको व्यवस्था गरेको हो । विगत ४५ वर्षदेखि सेवा दिँदै आएको घोरिवाला मार्टमा ओशन ग्लासवेयर, रोयल थाई पोर्सिलेन, रोयल स्टिल, बारवेयर र एक्सेसरीज, क्रिस्टल, डेकोर, कार्पेट, होटेलवेयर, डिनरवेयर, ब्ल्यान्केट,गलैंचा, बेडसिट घर सजावट र उपहार वस्तुहरूका थोक तथा खुद्रामूल्यमा पाइन्छ ।

‘हामीले तीन तारे, पाँच तारे, सात तारे होटलहरूका लागि चाहिने किचेन लगायतका हरेक सामान सुपथ मूल्यमा विक्री गर्दै आइरहेको छौं, मार्टका निर्देशक विनय घोरिवालाले भने, ‘विगत ४५ वर्षदेखि हामीले सेवाग्राहीलाई सन्तुष्ट बनाउँदै आएका छौं । ’ ग्राहकको सन्तुष्टिलाई मध्येनजर गर्दै उकृत्ट सामानहरू विक्री वितरण भइरहेको उनको दाबी छ । यसका साथै घोरिवालाले बेला बेलामा विभिन्न स्किमहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।

Inside Article Ads

शुक्रबारदेखि भृकुटीमण्डपमा सुरू भएको फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२मा अवलोकनमा आउने ग्राहकको सन्तुष्टी नै आफूहरूको चाहना भएको निर्देशक घोरिवाला बताउँछन् । मेलामा आगन्तुकहरूले खाना, पेय पदार्थ, र आतिथ्य उत्पादन ता सेवाहरूको बारेमा विस्तृत रूपमा बुझ्न पाउनेछन् । मेला तीन दिनसम्म चल्नेछ ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.