Fast Nepal News

आइएमई पेमार्फत डिजिटल भुक्तानी गर्दा लाखौंँको उपहार पाइने

banner single news

काठमाडौं – ३१ भदौ २०७९

काठमाडौं, दशैं, तिहार तथा छठ पर्वको अवसरमा आइएमई पेले ‘आइएमई पे डिजिटल दशैं तिहार २०७९’ अफर सार्वजनिक गरेको छ । उक्त अफर आश्विन १ गते देखि कार्तिक १५ गतेसम्म जम्मा४६ दिनसम्म कायम हुने कम्पनीले जनाएको छ । अनलाइन शप्पिङ साईट, दराजसँगको सहकार्यमा सार्वजनिक गरिएको अफरमा कुनै पनि भुक्तानी गर्दा दैनिकमा सामसुङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा डिशहोमको २०० एमबिपिएसको १ वर्षे फाइबरनेटका अतिरिक्त आइ टिभिको प्याकेज, दराजको हजारौँ भाउचर कोडदेखि लिएर १ जना भाग्यशाली विजेतालाई चन्द्रागिरि केबलकारको लाइफटाईम एक्सेस र दुईजना भाग्यशाली विजेतालाई बम्परमा राफ्ट मोटर्सको वारिअर इ–स्कुटर पनि उपहार स्वरुप प्रदान गरिनेछ ।

आइएमई पे मोबाईल वालेटमार्फत विभिन्न कार्य तथा सेवाहरूको लागि सहजै अनलाइन भुक्तान गर्न सकिन्छ । यसै डिजिटल भुक्तानी सुविधालाई ग्राहकहरू माझ अझ बढावा दिन यस महा–अफर मार्फत आइएमई पेबाट विभिन्न भुक्तानी गरे बापत पनि उपहारहरू प्रदान गरिने कम्पनीले जनाएको छ । अफर अवधि भरी आइएमई पेबाट क्यूआर भुक्तानी गर्ने ५ जना भाग्यशाली विजेताले सामसुङ स्मार्टवाच ४ (प्रति), मोबाईल रिचार्ज गर्ने १ जना भाग्यशाली विजेताले एप्पल म्याक्बुक एयर १३.६ एमटु, हवाइ टिकट काट्ने २ जना भाग्यशाली विजेताले १ तोला २४ क्यारेट सुन (प्रति), आइएमई पेमा बैंकको खाता लिङ्क गर्ने २ जना भाग्यशाली विजेताले सामसुङ ग्यालेक्सी ट्याब एस सेवेन+ (प्रति) र आइएमई पेको भिसा कार्डबाट भुक्तानी गर्ने २ जना भाग्यशाली विजेताले सामसुङ स्मार्ट टिभि (५५ इन्च, प्रति) पाउन सक्नेछन् ।

Inside Article Ads

चाडपर्व कै अवसर पारी आइएमई पे मार्फत क्रिस्टल डाइग्नोस्टिक, सिनामंगलमा भुक्तानी गर्दा प्रयोगकर्ताहरुले १५% छुट र हिमाल डेन्टलमा १५% छुट पनि प्राप्त गर्न सक्नेछन् । साथै आइएमई पेको प्रयोगकर्ताहरुले आइएमई पे एपमा कुनै पनि कारोवार गरेको आर्थिक बिवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडि चेक–अप पनि पाउने कम्पनीले जनाएको छ । दैनिक उपहारको विजेताहरुको घोषणा हरेक हप्तामा एक पटक सामाजिक संजाल मार्फत हुनेछ भने अरु सबै उपहारहरुको विजेताको घोषणा अफर अवधि पश्चात सामाजिक संजालमा तथा कम्पनीको लागि सम्भावित कुनै पनि माध्यम मार्फत हुनेछ ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.