Fast Nepal News

ग्लोबल आइएमई बैंकले ल्यायो हालसम्मकै ठूलो क्यासब्याक अफर

banner single news

काठमाडौं – ३१ भदौ २०७९

काठमाडौं, ग्लोबल आइएमई बैंकका एसिटी डेबिट कार्ड प्रयोगकर्ताहरुले यो दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज्सँगको सहकार्यमा यसपालीको दशैंका लागि एससिटी डेबिट कार्ड भएका ग्राहक लक्षित एससिटी तथा युपिआई कार्डको दमदार दशैं धमाका थ्री–डि अफर” अन्तर्गत ग्राहकहरुले क्यासब्याक प्राप्त गर्ने बैंकले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर हो जहाँ कुनै पनि प्वाइन्ट अफ सेल पिओएस टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससिटी डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत अर्थात रु. १,००० (अधिकतम) सम्म क्यासब्याक पाउनेछन् । यस योजना पश्चात एससिटी कार्ड होल्डर ग्राहकहरूलाई एससिटी कार्ड मार्फत गरिने ग्राहकहरूको विश्वास बढाउन सकिने बैंकले जनाएको छ ।

Inside Article Ads

असोज १ गतेदेखि दशैंभर चल्ने यो योजनामा कम्तिमा ३ वटा पिओएस कारोबार गर्ने कार्ड होल्डरलाई रु. ५०० तथा कम्तिमा ६ वटा पिओएस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई रु. १,००० क्यासब्याक प्रदान गरिने छ । क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा रु. ५०० को हुनुपर्नेछ जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने बैंकले जनाएको छ ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.