Fast Nepal News

महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन

banner single news

काठमाडौं – २४ भदौ २०७९

काठमाडौं, बेलायती साम्राज्यको पतन र आफ्नै परिवारमा अव्यवस्था देखाउने अशान्त युगमा बेलायतको सबैभन्दा लामो समय शासन गर्ने राजा र स्थिरताको प्रतीक महारानी एलिजाबेथ द्वितीयको सिंहासनमा बसेको ७० वर्षपछि बिहीबार निधन भएको छ। उहाँ ९६ वर्षकी हुनुहुन्थ्यो।

Inside Article Ads

वकिंघम दरबारका अनुसार स्कटल्याण्डको ग्रीष्मकालीन निवास बालमोरल दरबारमा उहाँको मृत्यु भएको हो । महारानीको स्वास्थ्य बिग्रिएपछि शाही परिवारका सदस्यहरू विहीबार उहाँको समीप पुग्नुभएको थियो । उहाँका ७३ वर्षीय छोरा युवराज चार्ल्स स्वतः राजा हुनुभएको छ । उहाँलाई राजा चार्ल्स तृतीय घोषणा गरिएको छ । दश दिनको औपचारिक शोकपछि महारानीकोअन्त्येष्टि गरिनेछ ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.