Fast Nepal News

निजी क्षेत्रको सम्मृद्धिलाई राज्यले सकारात्मक रुपमा लिनुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

banner single news

काठमाडौं – २४ भदौ २०७९

काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले गरेको व्यवसायिक प्रगतिलाई राज्यले सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ४३औँ वार्षिक साधारण सभालाई विहिबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रले व्यावसायिक प्रगति गर्दा समग्र मुलुकको आर्थिक विकास र सम्मृद्धिमा सहयोग पुग्ने बताउँदै यसलाई राज्यले सकारात्मक रुपमा लिनुपर्ने बताए । निजी क्षेत्रले तिर्ने राजश्व र करबाट राज्यले पूर्वाधार निर्माण र आर्थिक गतिविधि विस्तार गर्ने गरेको बताउँदै उनले यदि निजी क्षेत्रले व्यवसायबाट नाफा आर्जन गर्छ भने त्यो रकम उसले नयाँ उद्योग व्यवसाय सुरुवात गर्ने, थप रोजगारी सृजना गर्ने र पूर्वाधार निर्माण गर्ने काममै लगाउने हुँदा यसलाई सकारात्मक रुपमा लिन आग्रह गरे ।

Inside Article Ads

‘नेपालको सन्दर्भमा निजी क्षेत्र मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी योगदान गर्ने क्षेत्र हो । यसले रोजगारी सृजना गरेको छ । सरकारलाई राजश्वमा योगदान गरेको छ र समग्र आर्थिक सम्मृद्धिमा यसको ठूलो योगदान छ,’ उनले भने, ‘त्यसैले राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउनुपर्ने हुन्छ । राज्यले निजी क्षेत्रलाई थप विकास र विस्तारका लागि सहजीकरण गर्नुपर्ने हुन्छ ।’ निजी क्षेत्रप्रति राज्यको दृष्टिकोणबाट आम मानिसको धारणा बन्ने बताउँदै तीन तहको सरकारबाट आवश्यक सहजीकरण मात्र हुन सकेमा पनि निजी क्षेत्रले छोटो समयमै मुलुकको आर्थिक विकास र सम्मृद्धिको लागि धेरै काम गर्न सक्ने बताए । ललितपुर उद्योग वाणिज्य संघले नेपालको उद्योग वाणिज्य क्षेत्रको विस्तारमा पुर्याएको योगदानको चर्चा गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले आगामि दिनमा महासंघले ललितपुर उद्योग वाणिज्य संघसँग थप सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.