Fast Nepal News

प्रभु बैंक र डिश मिडियाबीच सेवा विस्तार तथा छुट सम्झौता

banner single news

काठमाडौं – २४ भदौ २०७९

काठमाडौं, प्रभु बैंक लिमिटेड र डिश मिडिया नेटवर्कबीच विभिन्न सेवाहरुमा थप सुविधा र छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बुधबार प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र डिश मिडिया नेटवर्कका तर्फबाट सेल्स् विभागका प्रमुख रमेश सापकोटाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

Inside Article Ads

प्रभु बैंक र डिश मिडिया नेटवर्कबीच सम्पन्न उक्त सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्ने ग्राहकले डिश होम टी.भी र डिश होम फाइबर नेटको सेवामा थप सुविधा प्राप्त गर्ने भएका छन् भने डिश मिडिया नेटवर्कका सम्पूर्ण कर्मचारी, डिलर तथा ग्राहकहरुले प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्दा बैंकले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा आकर्षक छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका निक्षेपकर्ताहरु तथा डिश मिडियाका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.