Fast Nepal News

राष्ट्रिय बीमा कम्पनीको सिईओमा बराल नियुक्त

banner single news

काठमाडौं – २४ भदौ २०७९

काठमाडौं, राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शेखर बराल नियुक्त भएका छन् । बिहिबार बसेको कम्पनीको संचालक समितिको बैठकले सिईओ छनौट समितिको प्रतिवेदनको आधारमा बराललाई सीईओमा नियुक्त गरेको हो । उक्त पदमा बराललाई चार वर्षका लागि नियुक्त गरिएको हो ।

Inside Article Ads

कम्पनीमा नयाँ सिईओ नियुक्तीका लागि गत वर्ष खुल्ला प्रतिस्पर्धाबाट नियुक्तीको लागि दरखास्त आह्वान गरिएको थियो । खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्ती प्रक्रियामा सहभागी भएका बराल अन्तिम तीन जनामा सर्टलिस्टमा परेका थिए । जसमा बरालसहित राम बहादुर खड्का, सुरेन्द्र थापा रहेका थिए ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.