Fast Nepal News

आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच सम्झौता

banner single news

काठमाडौं – २४ भदौ २०७९

काठमाडौं, आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका सहायक महाप्रबन्धक आकाश बिक्रम थापाले हस्ताक्षर गरे ।

आइएमई जनरल इन्स्योरेन्सबाट बीवाईडी ब्रान्डका सवारी साधनहरुको बीमा गरेकहरुले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा नक्साल स्थित साइमेक्स इंकको सहकार्यमासहज सेवा प्राप्त गर्न सक्ने गरी यो सेवा शुभारम्भ गरिएको कम्पनीले जनाएको छ ।

Inside Article Ads

साइमेक्स इंकबाट बिक्री वितरण हुनेसवारी साधनको बीमा आइएमई जनरल इन्स्योरेन्सबाट गर्ने र बीमा पश्चात कुनै पनि दुर्घटनामा परी क्षति भएमा सो को सहज र सरल तरिकाबाट नगद रहित दावी भुक्तानी गर्ने गरी दुवै कम्पनी बिच सम्झौता भएको छ ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.