Fast Nepal News

नबिल बैंक र युनिलिभरबीच ‘च्यानल फाइनान्सिङ’ सम्झौता

banner single news

काठमाडौं – २४ भदौ २०७९

काठमाडौं, नबिल बैंक र युनिलिभर नेपाल लिमिटेडबीच ‘च्यानल फाइनान्सिङ’ सुविधाका लागि सहकार्य भएको छ। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले उक्त सहकार्य सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौता भएसँगै युनिलिभरले आफ्ना तीनजना वितरकहरुलाई ‘च्यानल फाइनान्सिङ’का लागि सिफारिसपत्र समेत हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकसँग आबद्ध व्यवसायीलाई चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि सरल तरिकाबाट च्यानल फाइनान्सिङ उपलब्ध गराउने बताए । यस सम्झौताअन्तर्गत युनिलिभर नेपालसँग आबद्ध व्यवसायीहरुले ‘च्यानल पार्टनर’का रुपमा थप व्यवसाय विस्तार तथा चालु पुँजीमा लगानी गर्ने उद्देश्यकालागि बैंकका जुनसुकै शाखाबाट पनि च्यानल फाइनान्सिङ कर्जा उपभोग गर्न पाउने बैंकले जनाएको छ ।

Inside Article Ads

‘च्यानल फाइनान्सिङ’ अन्तर्गत ‘च्यानल प्रिन्सिपल’ले आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पूरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यस अन्तर्गत व्यवसायीहरुका लागि व्यवसाय विस्तार गर्न अन्य एसएमई कर्जा पनि उपलब्ध हुने बैंकले जनाएको छ ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.