Fast Nepal News

यु-१७ साफ च्याम्पियनसिप: भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा

banner single news

काठमाडौं – २३ भदौ २०७९

काठमाडौं, भुटानलाई २-१ ले पराजित गर्दै नेपाल एक खेल अगावै श्रीलंकाको कोलम्बोमा जारी साफ यु १७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालको जितमा युनिस बुढाथोकी र सिमान्त थापाले समान एक गोल गरे । भुटानका जितसुन दोर्जेले एक गोल गरे ।

समूह बी मा नेपाल र साविकको विजेता भारतको समान ३ अंक छ । दुवै टोलीले अन्तिम चारमा स्थान बनाएका छन् । शुक्रबार भारतविरुद्धको खेलमा जित निकालेमा नेपाल समूह विजेता बन्नेछ । समूह ए बाट भने बंगलादेश लगातार दोस्रो जितसँगै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ ।

Inside Article Ads

यसअघि पहिलो खेलमा आयोजक श्रीलंकालाई ५-१ ले हराएको बंगलादेशले दोस्रो खेलमा माल्दिभ्सलाई ४–० ले हरायो । शुक्रबार हुने श्रीलंका र माल्दिभ्सबीचको खेलले सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोलीको टुङगो लगाउनेछ । भुटान भने लगातार दोस्रो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा भुटान भारतसँग ३-० ले पराजित भएको थियो ।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.