Fast Nepal News

च्याम्पियन्स लिगः म्यानचेस्टर सिटी र रियल मड्रिडको विजयी सुरुवात, पिएसजीले युभेन्ट्सलाई हरायो, चेल्सी स्तब्ध

banner single news

काठमाडौं – २२ भदौ २०७९

काठमाडौं, इंग्लिस क्लब म्यानचेस्टर सिटी र रियल मड्रिडले मंगलबार राति भएको च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेका छन् । सिटीले सेभियालाई ४-० ले हरायो । सिटीलाई जित दिलाउन एर्लिङ हालान्डले दुई गोल गरे । यस्तै, फिल फोडेन र रुबेन डियासले एक एक गोल थपे । पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । जितसँगै समूह जी मा सिटीले पहिलो खेलमै ३ अंक जोडेको छ ।

यसै समूहको अर्को खेलमा बोरुसिया डर्टमण्डले कोपेनहेगनलाई ३-० ले हरायो । यस्तै, समूहको एफमा साविक विजेता रियल मड्रिडले सेल्टिकलाई ३-० अन्तरले पराजित गर्दै सुखद सुरुवात गर्यो । रियललाई जित दिलाउन भिनिसियस जुनियर, लुका मोड्रिच र इडेन हाजार्डले एक एक गोल गरे । रियलले तीनै गोल दोस्रो हाफमा गरेको थियो । जितसँगै रियलले ३ अंक जोडेको छ ।

पिएसजीले युभेन्ट्सलाई हरायो, चेल्सी स्तब्ध

Inside Article Ads

युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युभेन्ट्सलाई २–१ अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । समूह एचको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुबै गोल गरे । युभेन्ट्सका वेस्टन म्याककेन्नीले एक गोल फर्काए ।

यस जितसँगै पीएसजीले पहिलो खेलबाट ३ अंक जोडेको छ । समूह एचकै अर्को खेलमा बेन्फिकाले मक्काबी हाइफालाई २–० ले पराजित गर्यो । यता, समूह ‘ई’ मा इंग्लिस क्लब चेल्सी पहिलो खेलमै स्तब्ध भएको छ । चेल्सी क्रोएसिया क्लब डिनामो जाग्रेबसँग १–० ले पराजित भयो । जाग्रेबको जितमा मिस्लाभ ओरिसिचले १३औं मिनेटमा निर्णायक गोल गरेका थिए । समूह ई कै खेलमा एसि मिलान साल्जबर्गसंग ११ गोलको बराबरीमा रोकियो ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.