Fast Nepal News

संगीतकार दीपक शर्माद्धारा जन्म दिनमा बृक्षारोपन

banner single news

काठमाडौं – २२ भदौ २०७९

काठमाडौं, यसपटक संगीतकार दीपक शर्माले आफ्नो जन्म दिन केही फरक शैलीले मनाएका छन् । पछिल्लो समय जन्म दिनमा केक नकाट्ने घोषणा गरेको उनले आफ्नो जन्म दिनमा मनाउँदा हुने फजुल खर्च बृक्ष रोपनमा खर्चेका छन् । आफ्नो जन्म दिनको अबसर पारेर संगीतका दीपक शर्माले मँगलबार भक्तपुरको चाँगु नारायण नगरपालिका स्थित नागडोलको छालाङ स्थित ब्रम्हकुमारी ओम शान्ति प्रतिष्ठानको प्राँगनमा बृक्षारोपन गरे । बृक्षा रोपन गरेर जन्मदिन मनाउनुको कारणबारे उनले भने,‘गीत संगीत सृजना गरेर कालान्तरसम्मका लागि मैले आफ्नो सृजना पस्कँदै आएको छु । यस्तै अन्य सामाजिक काम पनि गर्ने उदेश्यले वातावरण सँरक्षणको लागि यसपटकबाट बृक्षारोपन गरेको हुँ ।’

Inside Article Ads

उनले त्यहाँ कपुर, ओखर, तेजपत्ता, पैयुँ, समी सहित विभिन्न प्रजातिको बृक्षा रोपन गरेको बताए,‘औषधी जन्य बनस्पती, सुगन्धित बनस्पति र अन्य बनस्पतीको बिरुवा आज रोप्ने काम गरियो । यो बिरुवालाई बेला बेलामा गोडमेला गर्न पनि म त्यहाँ पुग्ने छु ।’ ति बिरुवाहरु सँरक्षण गर्दै हुर्काउन एकजनालाई जिम्मा समेत दिएको पनि उनले बताए । एक हजार भन्दा बढी गीतमा संगीत गरिसकेका दीपक शर्माले पछिल्लो समय आफु छक्का पञ्जा ४ लगायतका चलचित्रको संगीत सृजनामा व्यस्त रहेको सो क्रममा जानकारी गराए ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.