Fast Nepal News

पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औँ वार्षिक साधारण सभा सम्पन्न

banner single news

काठमाडौं – १९ भदौ २०७९

काठमाडौं, ललितपुर–१९, कुमारीपाटीमा अवस्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मिति २०७९÷०५÷१८ गतेका दिन २२औँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष अशोक बज्राचार्यले संचालक समितिको तर्फबाट आ.व. २०७८÷०७९ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०७९÷०८० को लागि निति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गर्नु भएको थियो । पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लि. को आर्थिक वर्ष ०७७÷०७८ मा शेयर पूँजी तर्फ रु १६ करोड ७० लाख २५ हजार ५ सय कायम हुन गएको छ ।
यस संस्थाले बचत (निक्षेप) तर्फ रु २ अर्ब ४ करोड ४० लाख ८४ हजार २ सय ९९ रुपैँया ४३ पैसा संकलन गरेको छ भने संस्थाले वार्षिक कारोबार २ अर्ब ८९ करोड ५ लाख ४१ हजार ९३ रुपैँया ५० पैसा पुर्याउन सफल भएको छ । त्यसै गरी संस्थाको जगेडा कोष तथा अन्य कोष गरी जम्मा रु २८ करोड ६० लाख ९४ हजार ८ सय ७८ रुपैँया रहेको देखिन्छ ।

संस्थाले अन्य सहकारीको बीचमा नमुना सहकारीको रुपमा आफुलाई स्थापित गर्न सफल भएको कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख राजु खतिवडाले जानकारी दिए । संस्थाले गत आ.व.०७८÷०७९ मा रु ८ करोड ५१ लाख १८ हजार २ सय ५६ रुपैँया खुद नाफा आर्जन गरेको छ । संस्थाले आ.व. ०७८÷०७९ मा आफ्नो सदस्यलाई १८५ शेयर लाभान्स प्रदान गर्ने भएको छ । यस संस्थाले आ.व. ०७८÷०७९ मा २ करोड २८ लाख ९७ हजार ४ सय ७७ रुपैँया आयकर तथा अन्य विभिन्न शिर्षकहरुमा राजस्वमा योगदान गरेको देखिन्छ । संस्थाले विभिन्न सामाजिक क्रियाकलाप अन्र्तगत विभिन्न कार्यक्रमहरु गर्दै आएको । यस संस्थाले समय समयमा तालिका बनाई शेयर सदस्यहरुलाई सहभागीता गराई विभिन्न सिप मुलक तालिम दिने,अन्र्तक्रिया गर्ने लगायतका कार्यहरु गर्दै आइरहेको छ ।

Inside Article Ads

सदस्यहरुलाई अझ प्रभावकारी ढंगले सेवा प्रदान गर्न साथै प्रविधिमुलक कारोवारको वातावरण उपलब्ध गराउने उद्देश्य लिई संस्थाले गत आ.व. २०७७÷०७८ देखि ब्त्ः, ःयदष्भि द्यबलपष्लन, त्तच् ऋयमभ.को सुविधा दिईरहेको कार्यकारी प्रमुख खतिवडाले जानकारी गराए । संस्थाका सचिव घनश्याम धमलाले संचालन गरेको उक्त सभाका प्रमुख अतिथि राष्टिय सहकारी बैंक लि.का अध्यक्ष के.बि.उप्रेतीले राज्यको तिन खम्बे अर्थनिती मध्ये एक खम्बा सहकारी क्षेत्र रहेकोले राज्यको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ यो संस्था अगाडि बढिरहेको बताउनु भयो । समसामयिक बिषयमा कुरा राख्दै अध्यक्ष उप्रेतीले बर्तमान चुनौतिलाई सामना गर्दै आगाडि बड्र्दै भावि दिनमा यस क्षेत्रमा प्राप्त हुने अवसरको बारेमा प्रकाश पार्नु भयो ।

Visited 27 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.