Fast Nepal News

भारतीय सेनाध्यक्ष पाण्डे भदौं १९ गते नेपाल आउने

banner single news

काठमाडौं – १६ भदौ २०७९

काठमाडौं, भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे भदौ १९ गते नेपाल आउने भएका छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे पाँच सदस्यीय प्रतिनिधिसहित पाँच दिने नेपाल आउने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । भ्रमणको मुख्य अंशको रूपमा रहेको नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । यस्तै भारतीय सेनाध्यक्ष पांडेले प्रधानमन्त्री शेरबहादुर देउवासहितका उच्च पदस्थ अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Inside Article Ads

भ्रमणका क्रममा जनरल पाण्डेले सैनिक मञ्च टुँडिखेलको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति प्रभुराम शर्मासँग भेटघाट एवम् छलफल भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरूप प्रदान हुने विविध सामग्रीहरूको हस्तान्तरण कार्यक्रम पनि रहेको छ । यस्तै कमाड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र मध्य कमातादद्धण्ड हेडक्वार्टर भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ । नेपाल र भारतबीच एक अर्का देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा दिने परम्परा रहेको छ ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.