Fast Nepal News

जबरासँग आज फेरि बयान लिइने, महाअभियोग प्रस्ताव निस्क्रिय भइसकेको जबराको दाबी

banner single news

काठमाडौं – १६ भदौ २०७९

काठमाडौं, महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिहीबार फेरि बयानका लागि बोलाएको छ । बुधबार समितिले जबरासँग चारवटा प्रश्न सोधेको थियो । भोलि फेरि बिहान ११ बजे बयानका लागि बोलाइएको समिति सदस्य मिन विश्वकर्माले जानकारी दिए । बुधबारको समिति बैठकमा सांसदहरूले जबरासँग न्यायसम्पादनमा भएका कमीकमजोरीबारे प्रश्न सोधेका थिए । जबरा कडा ढंगले प्रस्तुत भए । उनले आफूविरुद्ध लगाइएको महाअभियोगको औचित्य समाप्त भइसकेको तर संसदको गरिमाको ख्याल गरेर बयानका लागि उपस्थित भएको बताए ।

जबराले आफूलाई हटाएर दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन लागेकोसमेत दाबी गरे । उनले न्यायाधीश हरिकृष्ण कार्कीले स्वार्थ मिलेका मुद्दा मात्र हेर्ने गरेको, बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश बनाउन दबाब दिएको, सर्वोच्च बारका अध्यक्ष पूणर्मान शाक्यले न्यायाधीश बन्ने इच्छा देखाएको, शम्भु थापाले न्यायाधीशलाई वकिलले घुस खुवाउँछन् भनेर बोलेको, बारका पूर्वमहासचिव लीलामणि पौडेलले न्यायाधीश बनाइदिन आफूलाई चेम्बरमै आएर भनेको छताछुल्ल पारिदिए । महाअभियोग सिफारिस समितिले लिखित र मौखिक गरी जबरासँग ४३ वटा प्रश्नावली तयार पारेको थियो । उनीविरुद्ध गत १ फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।
महाअभियोग प्रस्ताव निस्क्रिय भइसक्यो
जबराले महाअभियोग प्रस्ताव संविधान र प्रतिनिधिसभा नियमावली अनुसार निस्क्रिय भइसकेको दाबी गरेका छन् । महाअभियोग सिफारिस समितिसमक्ष आफ्नो भनाइ राख्ने क्रममा राणाले संविधान र आफ्नै नियमावली संसदले पालना नगरेको भन्दै महाअभियोग प्रस्ताव निस्क्रिय भइसकेको जिकिर गरे । उनले नागरिकका हिसाबले मात्र आफू संसदको सम्मानका लागि समिति समक्ष बयान दिन उपस्थित भएको बताए । उनले आफूमाथि लगाइएका अभियोग ‘बेबुनियाद’ र राजनीतिक भएकाले त्यस्ता आरोपको जवाफ दिनु आवश्यक नरहेको समेत बताएका छन् ।
दिपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन महाभियोग ल्याइयो
जबराले दिपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूमाथि महाभियोग लगाइएको आरोप लगाएका छन् । संसदीय महाभियोग सिफारिस समितिमा दिएको बयानमा प्रधानन्यायाधीश जबराले आफूले न्यायालय सुदृढीकरणका लागि काम गर्दा मिथ्या आरोप खेप्नु परेको बताएका छन् । दिपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन महाभियोग लगाइएको हो,’उनले भने । बयानका क्रममा जबराले संसदको सम्मानका लागि आफू महाभियोग सिफारिस समितिमा आएको बताए ।
उनले न्यायापालिकालाई कमजोर बनाउन खेल खेलिएको समेत बताएका छन् । आफूमाथि लागेको महाभियोगबारे बयान दिन जबरा बुधबार बिहान सिंह दरबार पुगेका थिए । बयान लिने काम जारी छ ।

Inside Article Ads

भदौ ८ गते महाभियोगी सिफारिस समितिको बैठकले महाभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी उपलब्ध गराइदिन सरोकारवाला निकाय, व्यक्तिबाट माग गरेको थियो। सोहीबमोजिम नेपाल बार एसोसिएसनले जबरालाई महाभियोग पुष्टि गर्ने कागजात एवं विवरणसहितको ३४ बुँदे पत्र महाभियोग सिफारिस समितिलाई बुझाएको छ । यसअघि जबराको राजीनामा माग गर्दै बारले १०९ दिनसम्म आन्दोलन गरेको थियो । जबराको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सर्वोच्चका न्यायाधीश इजलास बस्न इन्कार गरेका थिए ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.