Fast Nepal News

बुल्गेरियाका काम चलाउ प्रधानमन्त्री क्वारेन्टाइनमा

banner single news

बुल्गेरिया  ─ ०६ भदौ २०७९

बुल्गेरिया, बुल्गेरियाका काम चलाउ प्रधानमन्त्री गलाब डोनेभ एकान्तवासमा बस्नु भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिको सम्पर्कमा पुगेको जानकारी पाएपछि उहाँले आफू एकान्तवासमा बस्न लागेको बताउनु भएको छ ।      उहाँको सचिवालयले वक्तव्य प्रकाशित गर्दै एकान्तवासमा रहेपनि स्वास्थ्यमा भने कुनै समस्या नदेखिएको उल्लेख गरेको छ । वक्तव्यमा लेखिएको छ, “प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै समस्या छैन, कोरोना भाइरस नियन्त्रण सम्बन्धी मापदण्ड अनुसार उहाँ अहिले एकान्तवासमा बस्नु भएको हो ।”

Inside Article Ads

उहाँले एकान्तवासमा बसेको भएपनि त्यहीबाट गर्न सकिने र गर्न मिल्ने कामहरु भने गरिरहनु भएको पनि वक्तव्यमा उल्लेख गरिएको छ । बुल्गेरियामा अहिलेसम्म १२ लाख ३३ हजार चार सय ७० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये चार सय २० जना पछिल्लो एक दिनमा सङ्क्रमित भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.