Fast Nepal News

‘वन मन्त्रालयमा नमूनाको काम गरेर देखाउछु’: मन्त्री यादव

banner single news

काठमाडौं ─ ०६ भदौ २०७९

काठमाडौं, वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका क्षेत्रमा नमूना काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको वातावरण संरक्षण दीगो विकासका वर्तमान चुनौती विषयक कार्यक्रममा उहाँले आफू र आफ्नो मन्त्रालय विकासको बाधक नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “म र मेरो मन्त्रालय विकासको बाधक होइन, म जति दिन मन्त्रालयमा रहन्छु, त्यति दिन नमूना काम गर्नेछु ।”

Inside Article Ads

मन्त्री यादवले वन तथा वातावरण मन्त्रालय ताली खानेभन्दा पनि गाली खाने मन्त्रालय भएको उल्लेख गर्दै भन्नुभयो, “रुख काट्ने अनुमति दिउ मन्त्रीले वन विनाश गर्‍यो, वन मारा मन्त्री आयो भनेर गाली गर्छन्, रुख काट्ने अनुमति नदिउ विकास रोक्यो, विकास विरोधी मन्त्री आयो भन्छन् ।”  मन्त्री यादवले आमनागरिक, नागरिक समाज, विज्ञ एवं पत्रकारका राय, सुझावका आधारमा आफूले काम गर्ने प्रतिबद्धता बताउनुभयो । वन तथा वातावरणका क्षेत्रमा निश्वार्थ भवना लिएर राम्रो काम गर्नुका साथै वन क्षेत्र जोगाउनमा उल्लेख्य योगदान गर्ने विश्वास दिलाउँदै मन्त्री यादवले नेपाल वातावरण पत्रकार समूह तथा पदाधिकारीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.