Fast Nepal News

काठमाडौं–५ मा स्वतन्त्रबाट शैलेन्द्र बस्नेतले उम्मेदवारी दिने

banner single news

काठमाडौं ─ ०६ भदौ २०७९

काठमाडौं, आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि युवा समाजसेवी तथा पत्रकार शैलेन्द्र बस्नेतले स्वतन्त्रबाट उम्मेदवारी दिने भएका छन् । बस्नेतले काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारका रुपमा प्रतिनिधि सभा चुनावमा केही दिनमै औपचारिक उम्मेदवारी घोषणा गर्ने बताए । लामो समयदेखि पत्रकारिता तथा समाजसेवाका क्षेत्रमा सक्रिय रहेका बस्नेतले जनप्रतिनिधिका रुपमा संसदमै पुगेर जनताका आवाज मुखरित गर्न आवश्यक रहेको र सोका लागि आफु सक्षम रहेको बताए ।

Inside Article Ads

नेपालको वास्तविक परिवर्तनका लागि युवाहरु नीतिनिर्माणको तहमा पुग्न जरुरुी रहेको बताउँदै बस्नेतले अब देश बनाउने जिममेवारी युवाहरुले लिनुपर्ने बेला भएको बताए । ‘सधै नेतृत्वलाई गाली गरेर मात्रै हुँदैन्, युवाहरु अब आफै मैदानमा उत्रिनुपर्छ भनेर प्रतिस्पर्धामा उत्रिने निर्णय गरेको हुँ’, बस्नेतले भने । बस्नेतले केही दिनमै औपचारिक उम्मेवारी घोषणा , एजेण्डा सार्वजनिक गर्ने र जनतासम्म पुगेर चुनावी अभियान शुरु गर्ने पनि जानकारी दिए ।

Visited 41 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.