Fast Nepal News

विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

banner single news

काठमाडौं ─ ०६ भदौ २०७९

काठमाडौं, अवैध रूपमा ल्याएको करिव एक किलोग्राम सुनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय नागरिक राहादानी नम्बर भी११२२८९० वाहक ३१ वर्षीय राहुल रेमानानलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट प्रहरीले पक्राउ गरेको हो । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका राहुललाई शंका लागि प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स–रे गराउँदा पेटभित्र शंकास्पद वस्तु देखिएको थियो । त्यसछि उनलाई प्रहरी वृत्त गौशालामा लगि शौच गराउँने क्रममा मलद्वारबाट अर्धठोस वस्तुको ४ वटा पोका (सुन) फेला परेपछि पक्राउ गरिएको हो ।

Inside Article Ads

राहदानी नम्वर ११२२८९० रहेका राहुल शनिबार फ्लाई दुर्वइको उडानबाट काठमाडौं आएका थिए । विमानस्थलको आगमन कक्षबाट शनिबार उनी प्रक्राउ परेका हुन् । उनको व्यवहार शंकास्पद देखिएपछि विमानस्थल प्रहरीले उनलाई निगरानी गरेको थियो । उनलाई नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा लगेर एक्सरे गराउदा उनको पेटमा वेलना आकारको शंकास्पद वस्तुको आकृति देखिएको थियो । प्रहरी वृत गौशालामा ल्याएर शौच गराउने क्रममा मलद्वारबाट बेलनाकार सुनजस्तो देखिने अर्धठोस वस्तुको चारवटा पोका फेला परेपछि पक्राउ गरेको हो । उनलाई भन्सार कार्यालयमा बुझाइएको र थप अनुसन्धान भैरहेको प्रहरी वृत गौशालाले जानकारी दिएको छ ।

Visited 40 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.