
पोखरा ─ ०५ भदौ २०७९
पोखरा, गैरआवासीय नेपाली संघ एनआरएनएले गण्डकी प्रदेश सरकारसँग शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहकार्य गर्ने भएको छ । गैरआवासीय नेपाली संघकी अध्यक्ष रबिना थापा र गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काबीच शनिवार साँझ भएको भेटमा गण्डकी प्रदेश सभा र संघबीच आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको छ । छलफलमा मन्त्री खड्काले गैरआवासीय नेपालीहरुसँग देशभित्र रहेका नेपालीहरुमा ठूलो अपेक्षा रहेको बताउँदै आगामी दिनमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा मिलेर काम गर्न सकिने बताए ।
Visited 6 times, 1 visit(s) today
