Fast Nepal News

नेपाली होटल व्यवसायी संघले चुन्यो सर्वसम्मत नेतृत्व, अध्यक्षमा गणेश ढकाल चयन

banner single news

काठमाडौ ─ ०५ भदौ २०७९

काठमाडौ, काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा व्यवसाय गर्ने होटल व्यवसायीहरुको साझा संस्था नेपाली होटल व्यवसायी संघको २० औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनले गणेश ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । काठमाडौको बसुन्धाराको दियालो पार्टी प्यालेसमा आज (शनिबार) सम्पन्न संघको अधिवेशनले ढकालको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मतीले चयन गरेको हो । अधिवेशनले प्रथम उपाध्यक्षमा काजी बहादुर कटुवाल, द्धितीय उपाध्यक्षमा प्रकाश राई, महासचिवमा समदेन लामा (दिपक), सचिवमा चन्द्र बहादुर गोदार (थापा), कोषाध्यक्षमा इन्द्र प्रसाद ढकाल र सहकोषाध्यक्षमा दुर्गा थापा चयन गरेको छ ।

यस्तै सदस्यहरुमा शेर बहादुर विष्ट, पुष्पराज तामाङ, शेर बहादुर कार्की (प्रकाश), अम्बर विकाश रिजाल, याम बहादुर राना, जयलाल श्रेष्ठ, प्रेम बहादुर सिंजाली, देवराज घिमिरे, शोभाखर न्यौपाने, लिलाबल्लभ पराजुली र भुपराज दाहाल चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष ढकालले व्यवसायीहरुको हक, हितको रक्षाका साथै यस क्षेत्रमा रहेका समस्या समाधानमा आफु प्रतिवद्ध भएर लाग्ने बताएका छन । उनले कोभिडपछि यो व्यवसायको क्षेत्र धेरै नै धरासायी बनेको भन्दै व्यवसायी तथा व्यवसाय बचाउनका लागि अबको कार्यसमिति दत्तचित्त भएर लाग्ने प्रतिवद्धता गरे ।

Inside Article Ads

सर्वसम्मत नेतृत्व चयनले व्यवसायीक एकताको सन्देश दिन सफल भएको भन्दै नवनिर्वाचित अध्यक्ष ढकालले अबको कार्यसमिति आम व्यवसायीहरुकै भावना अनुसार चल्ने बताए । उनले यस क्षेत्रको समस्या समाधानका लागि सरोकारित निकाय तथा सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धतासमेत व्यक्त गरे ।  ढकालले यसअघि दुई कार्यकाल सफलतापूर्वक महासचिवको जिम्मेवारी निभाइसकेका छन । २०५७ साल स्थापना भएको यस संस्थाले स्थापनाकालदेखि नै होटल व्यवसायीहरुको हकहितको रक्षा तथा व्यवसायलाई मर्यादित बनाउदै यस क्षेत्रमा रहेका समस्या समाधानका लागि आफूलाई प्रतिवद्ध बनाउदै आइरहेको छ ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.