Fast Nepal News

महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तथा ई-कमर्स कार्यशाला तालिम चेम्बर भवनमा शुरु

banner single news

काठमाडौं, भाद्र २। नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको नेपाल महिला चेम्बरको आयोजनामा गत २४ असारबाट शुरु भएको आर्थिक शसक्तिकरणका लागि शिप विकास कार्यक्रम अन्तर्गत आजबाट डिजिटल मार्केटिङ तथा ई कमर्स कार्यशाला तालिम शुरु भएको छ  । उक्त कार्यशाला तथा तालिम कार्यक्रम बुमन फर ईन्फरमेशन टेक्नोलोजीसँगको सहकार्यमा जमल स्थित चेम्बर भवनमा शुरु भएको हो ।सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुँदै नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवं महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिलाहरुको आर्थिक सुरक्षाका लागि तालिम सञ्चालन गरिएको बताउनुहुँदै  डिजिटल मार्केटिङ तथा ई कमर्स संबन्धी शिक्षाले व्यापार व्यवसायलाई समायानुकुल संचालन गर्न तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न सघाउ पुग्ने उल्लेख गर्नुभयो ।  साथै उहाँले महिला उद्यमीहरुलाई उद्यमशिलता विकास र रोजगारी सिर्जना मार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन नेपाल महिला चेम्बरले विभिन्न  शिप विकास कार्यक्रम समेटेर तालिम आयोजना गर्दै  आएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सकी कार्यसमिति सदस्य तथा नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारीले आर्थिक शसक्तिकरणका लागि शिप विकास कार्यक्रम २०२२ अन्तर्गत महिला उख्मीहरुलाई पहिलो चरणमा बेकरी, फोटोग्राफी, क्यान्डल क्राफ्टीङ, पुर्नप्रयोग, जस्ता तालिम उपलब्ध गराईएको जानकारी दिनुहुँदै डिजिटल मार्केटिङ तथा ई कमर्स कार्यशाला तालिम त्यसैको निरन्तरता भएको उल्लेख गर्नुभयो । साथै उहाँले महिलाको आर्थिक सशक्तिकरणका लागि विभिन्न शिप मुलक कार्यक्रमको आवश्यकता महशुस हुँदै आएको सन्दर्भ उल्लेख गर्नुहुँदै शिप विकास कार्यक्रमलाई  आगामी दिनमा पनि निरन्तरता दिईने जानकारी समेत दिनुभयो ।

त्यसैगरि नेपाल चेम्बर अफ कमर्स महानिर्देशक कैलाश कुमार बजिमयले नेपाल महिला  चेम्बरले महिला  उद्यमशिलता विकासमा महत्वपूर्ण कार्यहरु गर्दै आएको  उल्लेख गर्नु हुँदै डिजिटल मार्केटिङ सम्बन्धि तालिमले महिला  सशक्तिकरणमा ठुलो  योगदान पुग्ने बताउनुभयो ।

कार्यक्रम माझ बुमन फर ईन्फरमेशन टेक्नोलोजीकी गुणकेशरी प्रधानले  आईटीको प्रयोग गरि व्यापार प्रबद्र्धन गर्न यस्ता तालिमको महत्व रहने हुदाँ कार्यशालालाई अवसरको रुपमा लिन आग्रह गर्नुभयो ।

Inside Article Ads

त्यसैगरि महिला चेम्बरकी शिप विकास समितिकी रत्न ताराले मार्केटिङ सिकाईको निरन्तर प्रक्रिया रहेको र डिजिटल मार्केटिङमा पनि निरन्तर अपडेटको अझ बढि खाँचो रहने उल्लेख गर्नुहुँदै डिजिटल मार्केटिङको ज्ञानले व्यपार प्रबद्र्धनमा ठुलो सघाउ पुग्ने बताउनुभयो ।

कार्यशाला माझ श्वेता शेरचनले साना व्यवसायीका लागि डिजिटल मार्केटिङ विषयमा प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा कार्यक्रम अगष्ट २१ सम्म संचालनमा रहने जानकारी समेत दिईयो ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.