Fast Nepal News

नागरिकता विधेयक प्रतिनिधिसभाबाट पुन: पारित भएकोमा एनआरएनएद्धारा स्वागत

banner single news

काठमाडौं ─ ०३ साउन २०७९

काठमाडौं, नागरिकता विधेयक प्रतिनिधिसभाबाट पुन पारित भएकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वागत गरेको छ । एनआरएनएका अध्यक्ष कुल आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाभएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ विधेयक बिहीबार बृहत् छलफल पछि प्रतिनिधि सभाले पुनः पारित गरेकोमा आफुहरु खुसी भएको बताए ।

उनले अब राष्ट्रिय सभाले पनि उक्त विधेयक छिट्टै पारित गर्नेे विश्वास लिएको बताउादै यसबाट नागरिकताबाट वन्चित नेपाली युवायुवती तथा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने आशा लिएर बसेका लाखौं गैरआवासीय नेपाली नागरिकहरु लाभान्वित हुने बताए । ‘यो विधेयकलाई शुरुमै प्रमाणीकरण गरिदिनु भएको भए राष्ट्रपतिज्यूको हाइहाइ हुने थियो । अब सम्माननीय राष्ट्रपतिज्यूले संसदका दुवै सदनबाट फेरि पारित भएर गएको विधेयकलाई छिट्टै प्रमाणीकरण गरि दिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं । म संसारभरि रहनु भएका साथीहरुलाई धैर्यधारण गर्न आग्रह गर्दछु ।

Inside Article Ads

साथै यो विधेयक पारित गर्न निरन्तर लागि रहेका सम्माननीय प्रधानमन्त्रीज्यू, गृह मन्त्रीज्यू, कानून मन्त्रीज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुख तथा माननीय सदस्यज्यूहरु लगायत सबैप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं । यो विधेयक कार्यान्वयन भए पछि यसले सबै एनआरएनहरुलाई मातृभूमिसंग जोड्नुका साथै नेपाली सरह सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार प्राप्त गर्ने बाटो सुनिश्चित गर्ने र प्रवासी नेपालीसंग रहेको सीप, साधन र श्रोत नेपालमा लगानी गर्न सहज हुने हाम्रो विश्वास छ’, अध्यक्ष आचार्यले भने ।

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.