Fast Nepal News

माओवादी स्थायी कमिटी बैठक बस्दै, पदाधिकारी टुंगो लाग्ला ?

banner single news

काठमाडौँ ─ ०३ साउन २०७९

काठमाडौँ, पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ ।

Inside Article Ads

यसअघि बिहीबार डाकिएको बैठक अन्तिम समयमा आएर बस्दै नबसी स्थगित भएको थियो । माओवादी बैठक बुधबार पनि बसेको थियो । माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो । तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.