कात्तिक, काठमाडौं । कम्पनीको आइतबार बसेको बैठकले जिउँदो खसी तथा बोका प्रतिकिलो ५६० रुपैयाँ तोकेको छ । जसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५ सय ५० रुपैयाँमा खसी–बोका बिक्री गरिने शर्मिला सुवेदीले बताइन् ।कम्पनीको थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबार बिहान ८ बजेदेखि खसी–बोका बिक्री सुरु हुने कम्पनीकी सूचना अधिकारी सुवेदीले जानकारी दिइन् । सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारदेखि सहुलियत मूल्यमा खसी–बोका बिक्री गर्ने भएको छ ।
आइतबार साँझसम्म मकवानपुर र दाङबाट ४०५ वटा खसी–बोका थापाथली बिक्री केन्द्रमा आइपुगेको कम्पनीले जनाएको छ । खसी–बोकाको जिउँदो मूल्य समान भएको र सो मूल्य गत वर्ष जतिकै भएको कम्पनीले जनाएको छ ।