Fast Nepal News

महाअभियोग सिफारिस समितिले सुरु गर्‍यो अध्ययन

banner single news

काठमाडौं ─ ०१ साउन २०७९

काठमाडौं, प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले काम सुरु गरेको छ । समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन सुरु भएको हो । समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टको अध्यक्षतामा बुधबार बसेको बैठकले कार्यविधि निर्माणबारे छलफल गरेको छ ।

Inside Article Ads

११ सदस्यीय महाभियोग सिफारिस समितिमा सांसदहरु एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा। शिवमाया तुम्बाहाङ्फे सदस्य छन् । २०७८ फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.