Fast Nepal News
Banner Below header

सुन तोलामा पाँच सय घट्यो

banner single news

काठमाडौं ─ ०१ साउन २०७९

काठमाडौं, सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार सात सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु पाँच सयले घटेको हो ।

Inside Article Ads

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार दुई सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय १० कायम रहेको महासङ्घले जनाएको छ ।

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.