Fast Nepal News

सामाजिक सुरक्षा भत्ता लिइरहेका लाभग्राहीबाट रकम फिर्ता गराउने कार्य शुरु

banner single news

मोरङ ─ ०१ साउन २०७९

मोरङ, विराटनगर महानगरपालिकाले मृत्यु भईसके पनि सामाजिक सुरक्षा भत्ता लिइरहेका लाभग्राहीबाट रकम फिर्ता गराउने कार्य शुरु गरेकेा छ । प्राविधिक कारणले केही जेष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्ता लिंदै आएको महालेखा परिक्षकको प्रतिवेदनमा आएपछि विराटनगर महानगरपालिकाले रकम फिर्ता गराउन पत्राचार गरेको र १० जनाको रकम फिर्ता समेत भईसकेको महानगरपालिकाले जनाएको छ ।

७० वर्षमाथिका जेष्ठ नागरिकहरुको भत्ता सम्बन्धित नातेदारले बुझ्ने गरेको र मृत्यु दर्ता नगराउने गरेका कारण यस्तो समस्या आउने गरेको विराटनगर महानगरपालिकाका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका प्रमुख जस्टिस चौधरीले जानकारी दिनुभयो ।

Inside Article Ads

सरकारले जेष्ठ नागरिक, दलित, एकल महिला, विधवा, पर्ूण्ा अपांगता, अति अशक्त, दलित बालबालिका गरी ७ प्रकारको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउदै आएको छ । विराटनगर महानगरपालिकामा १३ हजार ९ सय २३ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता लिंदै आएका छन् । सामाजिक सुरक्षा ऐन २०७५ को दफा १५ मा निवृत्तिभरण वा नियमित पारिश्रमिक लिनेहरुले सामाजिक सुरक्षा भत्ता लिन नपाइने व्यवस्था भएकाले विराटनगर महानगरपालिकाले त्यस्ता लाभग्राहीको नाम काट्न थालेको जनाएको छ ।

Visited 90 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.