
काठमाडौं ─ ३१ साउन २०७९
काठमाडौं, नेसपा अध्यक्ष डा। बाबुराम भट्टराईपछि वामदेव गौतम पनि माओवादी केन्द्रको चिन्हमा चुनाव लड्नुहुने भएको छ । पार्टी प्रवक्ता कृष्णबहादुर महराले मङ्गलबार बिहान पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकमा माओवादीले डा ।
भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई स्वीकृत गरेको जानकारी दिनुभयो । भट्टराई र गौतमको विषयमा सत्ता गठबन्धनमा पनि छलफल गरेर टुङ्गो लगाइने महराले बताउनुभयो । आज निर्वाचन आयोगमा भने माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एउटै चुनाव चिन्ह दर्ता गर्ने तयारी भएको छ ।
