
मदन तिमल्सेना
तनहुँ कार्तिक १ गते,तनहुँ ,लमजुङ र गोरखा जिल्लालाइ लक्षित गरि तनहुँको भानु नगरपालिका १ पुल्चोक डुम्रेमा तनहुँ जिल्लाकै पहिलो अत्याधुनिक प्रयोगशाला सहितको स्वास्थ्य संस्था भानुसेवा स्वास्थ्य पोलिक्लिनीक प्रा. लि सञ्चालनमा अाएको छ । लमजुङ, गोरखा र तनहुको भानु, बन्दिपुर र आँबुखैरेनीका जनतालाइ थाईराइड, भिटामीन लगायतका सम्पुर्ण हर्मोन सम्बन्धी जाँच गर्न काठमाण्डौ, पोखरा, भरतपुर तथा दमौली जानुपर्ने वा रगतको नमुना पठाउनु पर्ने बाध्यता थियो । अब डुम्रेमा नै थाईराइड ,भिटामीन लगायतका सम्पुर्ण हर्मोन सम्बन्धी जाँच सहितको सेवा दिदै आएको छ । त्यो पनि यति बेला विशेष छुट दिएको छ ।
२४ सै घण्टा डाक्टर सहित ईमर्जेन्सी सेवा भिडीयो एक्स-रे , एक्स-रे, इ. सि. जी पनि उपलब्ध छ । बिशेष छुटमा (३५%सम्म)होलबडी चेकअप , डाइबेटिक प्याकेज, जनरल हेल्थ प्याकेजहरु रहेका छन । अपाङ्गता भएका ब्याक्ति, जेष्ठनागरिक र बिपन्नता का परिचय पत्र भएकालाइ प्रयोगशालामा ४२%,अौषधीमा ७% र अरु सम्पुर्ण सेवामा १५% सम्म छुटको ब्यबस्था समेत गरेको छ ।