
काठमाडौं ─ ३० साउन २०७९
काठमाडौं, गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय परिषद (आइसीसी) को कार्यकारी निर्देशक सिईओ नियुक्ति विषय सहमतिमा टुंगिएको छ । आइसीसीको पदाधिकारीको आइतवार सम्पन्न बैठकले शर्त सहित सिईओ नियुक्ति सम्वन्धि निर्णयको अनुमोदन गरेको छ। संघमा केही महिनादेखी सिईओ नियुक्ति विवादमा परेको थियो। एनआरएनएको कर्मचारी नियमवाली भन्दा बाहिर गएर अध्यक्ष र महासचिवको मिलोमतोमा सिईओ नियुक्ति गरेको भन्दै जम्बो कार्यसमिती का केही पदाधिकारीले बिरोधको लागी आपत्ति जनाएका थिए। बैठकमा महासचिव गौरी जोशीले बैठकको शुरुमा नै सिईओ नियुक्ति सम्वन्धी प्रस्ताव पेश गरेका थिए । नियम अनुसार भएको महासचिवको उक्त प्रकृयाको पनि केहिले आपत्ति प्रकट गरेका थिए ।
बैठकले सिईओ नियुक्ति सम्वन्धि प्रस्तावलाई पारित गरेको छ ।सीईओको तलव सुविधाका बारेमा विज्ञको राय अनुसार गर्ने गरि निर्णय भएको बैठकमा सहभागी एकले बताए । सिइओको नियुक्ति अनुमोदन गरियो तर तलव सुविधाको बारेमा विज्ञटोली हायर गरेर उनीहरुको सुझाव अनुसार अगाडि बढ्ने महासचिव गौरी जोशीले बताए । उनका अनुसार बैठकले शेष घले समुहसँग वार्ता गर्न ११ सदस्यीय टोली पनि गठन गरिएको छ । उपाध्यक्ष डीबी क्षेत्रीको संयोजकत्वमा वार्ता समिती गठन गरिएको हो । समितिको सदस्यहरुमा उपाध्यक्ष नारायण आचार्य,महासचिवद्वय डा. केशव पौडेल र गौरी राज जोशि,उपमहासचिव ओम गुरुङ,देवी बस्नेत,सचिव गंगाधर गौतम,राजन त्रिपाठी,कोषाध्यक्ष फनिन्द्र पन्त,यज्ञ सुवेदी,युरोप संयोजक चिन्तामणि सापकोटा,अमेरिका सह संयोजक अभिमन्यु बस्नेत रहेका छन ।
महासचिव डा. पौडेलका अनुसार बैठकले आगामि अक्टोबर ९ र १० तारिक काठमाडौंमा विधान अधिवेशन तथा बार्षिक साधारण सभा गर्ने निर्णय गरेको बताए । सो साधारण सभामा विधान संसोधन पनि हुने पौडेलले बताए । महासचिव पौडेलले सिईओ नियुक्तिमा पारदर्शी तवरले भएको र आफुहरुले कुनै गल्ति नगरेको बताए । बैठकले कर्मचारी नियुक्ति सम्वन्धि नियमावलीमा आवश्यक परेमा संसोधन गर्ने, त्यसको जिम्मा महासचिवलाई दिने निर्णय गरिएको छ । बैठकमा सल्लाहाकार,संरक्षक,मानार्थ सदस्य मनोनयनका बारेमा कुनै प्रसंग नउठे पनि छिट्टै सहमतिमा सार्वजनिक गरिने अध्यक्ष कुल आचार्यले बताए । अध्यक्ष आचार्यले बैठक अत्यन्त सौहार्दपुर्ण वातावरणमा संपन्न भएको जनाउदै एनआरएनएबाट छुट्टीएर गएको बिनोद कुँवर नेतृत्वको समुहलाई मुलधारमा ल्याउन बार्ता समिती गठन गरिएको र उक्त समितिले छिट्टै उक्त समुहलाई मुल घरमा नै फर्काऊनेमा आफू विश्वस्त रहेको बताए । आचार्यले एनआरएनए सामाजिक अभियान भएको र यहाँ लिन नभई सबै पदाधिकारि दिन आएकाले केहि समुहले सामाजिक अफवाह फैलाऊने गरेकोमा त्यस्को निन्दा गर्दै भर्ममा नपर्न गैर आवासीय नेपालीलाई आग्रह गरे ।
