Fast Nepal News

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंचद्धारा श्रममन्त्रीसँग भेट, व्यवसायीका विभिन्न समस्याबारे छलफल

banner single news

काठमाडौं ─ ३० साउन २०७९

काठमाडौं, प्रगतिशील वैदेशिक रोजगार ब्याबसायी मंचले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँबरसमक्ष व्यवसायीका विभिन्न समस्या समाधानका लागि आग्रह गरेको छ । वैदेशिक रोजगार ब्याबसायीहरु लाई पछिल्लो समय साउदी अरबमा जान अन्तिम चरणमा रहेका कामदार को भिषा स्ट्याम्पिङलगायत भिसा लगाउन निक्कै कठिनाई भोग्नु परिरहेको अवस्था को सृजना भएको जानकारी गराएको छ ।

ब्याबसायी लाई अनावश्यक दुख दिने, अनावश्यक कागजात माग गर्ने, बिना कारण आइडी ब्लक गर्ने, ब्याबसायी को कम्पनीलाई ब्ल्याकलिष्ट गर्ने जस्ता कार्य गरि ब्याबसाय नै गर्न नसक्ने अबस्था को सृजना भएको र सो को समाधान गर्न र गरिदिन मंचले आफ्नो बिभागिय मन्त्रालय समक्ष माग गरेको र उठान भएका एजेण्डाको जवाफमा मन्त्री कुँबरले काठमाडौ स्थित साउदी दूतावासका प्रमुख लाई बोलाइ समस्याको समाधान गराउने प्रतिबद्धता व्यक्त गरेको मंचले जनाएको छ ।

Inside Article Ads

यस्तै साउदी स्थित नेपाली दूतावासको प्रामाणिकरणमा ढिलासुस्ती, मलेशियाको मागपत्र प्रामाणिकरणमा भएको ढिलाइ, फेम्स प्रणालीमा पटक पटक बिज्ञापन गर्नुपर्ने समस्या र श्रमिक ले मलेसिया मुलुक जान गरेको मेडिकल एक्स्पाएर हुदासम्म अनलाइन नगर्दिएको कारणले श्रमिक र ब्यबसायी लाई अधिक अप्ठ्यारो परेको बिषयमा गम्भीर छलफल गरियो र उक्त छलफलपस्चात , सेवाग्राहीले अबिलम्ब महसुस गर्ने गरि समस्या समाधान गराउने मन्त्री कुँबरले छलफलको अन्तिम निष्कर्ष दिएको मंचका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिएका छन् ।
आदरणीय ब्याबसायी ज्यूहरु नमस्कार !
वैदेशिक रोजगार ब्याबसायीहरु लाई पछिल्लो समय साउदी अरबमा जान अन्तिम चरणमा रहेका कामदार को भिषा stamping लगायत visa लगाउन निक्कै कठिनाई भोग्नु परिरहेको अवस्था को सृजना भएको विधितै छ । ब्याबसायी लाई अनावश्यक दुख दिने, अनावश्यक कागजात माग गर्ने, बिना कारण ID ब्लक गर्ने, ब्याबसायी को कम्पनीलाई blacklist गर्ने जस्ता कार्य गरि ब्याबसाय नै गर्न नसक्ने अबस्था को सृजना भएको र सो को समाधान गर्न र गरिदिन प्रगतिशील वैदेशिक रोजगार ब्याबसायी मंच, नेपालले आफ्नो बिभागिय मन्त्रालय समक्ष माग गर्‍यो, उठान भएका एजेण्डा को जवाफ मा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय का माननीय मन्त्री ज्यू ले काठमाडौ स्थित साउदी दूतावासका प्रमुख लाई बोलाइ समस्याको समाधान गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो।

साउदी स्थित नेपाली दूतावासको प्रामाणिकरणमा ढिलासुस्ती,मलेशिया मुलुक को मागपत्र प्रामाणिकरणमा भएको ढिलाइ,FAIMS प्रणालीमा पटक पटक बिज्ञापन गर्नुपर्ने समस्या र श्रमिक ले मलेसिया मुलुक जान गरेको मेडिकल expire हुदासम्म Online नगर्दिएको कारणले श्रमिक र ब्यबसायी लाई अधिक अप्ठ्यारो परेको बिषयमा गम्भीर छलफल गरियो र उक्त छलफल पस्चात , सेवाग्राहीले अबिलम्ब महसुस गर्ने गरि समस्या समाधान गराउने माननीय मन्त्री ज्युले छलफल को अन्तिम निष्कर्ष दिनु भएको बिषय सम्पूर्ण व्यवसायी ज्यूहरुमा जानकारी का लागि अनुरोध छ ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.