तनहुँ ०१ कार्तिक,युनियन लाइफ ईन्स्योरेन्स कंम्पनी लिमिटेड तनहुँ शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरि ब्यास १ तनहुँका मृतक विमित कृष्ण पन्तको परिवारलाई घरमै पुगी दाबी रकम हस्तान्तरण गरेको हो । वैदेशीक रोजगार (म्यादी) विमा अन्र्तगत १४ लाख वरावरको रकम राष्ट्रिय सभाका सांसद प्रकाश पन्थ , कंम्पनीका गण्डकी प्रदेश प्रमुख टि.एन आचार्य तथा ब्यास १ का वडा अध्यक्ष खरसिङ्ग दरैले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो । गत वैशाखमा वैदेशीक रोजगारका क्रममा विमित कृष्ण पन्थको कतारमा निधन भएको थियो । चेक रकम हस्तान्तरण गर्दै राष्ट्रिय सभाका सभासद पन्थले विमा गर्दा जस्तो सजिलो हुन्छ दावि भुक्तानीमा पनि सोही अनरुप बिना झन्झट रकम विमितले पाउनु पर्नेमा जोड दिनु भयो । जोखिम वहन र वचतको भरपर्दो माध्यम जीवन विमा भएकोले आफ्नो आयश्रोत अनुसार विमा गर्नु पर्नेे उहाले वताउनु भयो । ब्यास १ का वडा अध्यक्ष खरसिङ्ग दरैले विमितको निधन पछि परिवारमा हुने आर्थिक विचलनलाई कम गर्न पनि जीवन विमा आवस्यक हुने वताउदै मृत्यु दाबी भुक्तानी वापत प्राप्त गरेको रकमको सहि सदुपयोग गर्न बीमितको परिवारलाई आग्रह गर्नुभयो ।
कंम्पनीका गण्डकी प्रदेश प्रमुख टि.एन आचार्यले जीवन विमा अहिलेको पस्थितीमा अपरिहार्य भएको वताउदै यस कम्पनीले आफ्नो स्थापनाको छोटो समयमा नै नेपाली समुदायको मन जित्दै ब्यावसायिक सफलता प्राप्त गरेको वताउनु भयो । विमितको विमा गराउनु मात्र ठुलो नभई युनियन लाईफले विमितलाई प्रदान गर्ने सेवा सुविधाको विषयमा पनि महत्व दिदै आफ्ना सेवालाई प्रभावकारी वनाउदै लगिएको उहाँले वताउनु भयो । विमित पन्थको मृत्यु दावि भुक्तानी अन्र्तगत शव ल्याउदा १ लाख , क्रिया खर्च वापत १ लाख, आय नोक्सानी वापत २ लाख र विमाङ्क १० लाख गरी कुल १४ लाख वरावरको चेक रकम हस्तान्तरण गरिएको कंम्पनीका दमौली शाखा प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । मृतकका वुवा भोलानाथ पन्थ र श्रीमती निर्मला पन्थ लाई उक्त चेक रकम हस्तान्तरण गरिएको हो ।
२७ आश्विन २०८१, आईतवार
TRENDING
Visited 9 times, 1 visit(s) today
यो पनि पढ्नुस