Fast Nepal News

नौं जनाको समूहबाट एक उदाहरणीय विश्व कीर्तिमानको प्रयास

banner single news

काठमाण्डौं । नौं जनाको समूहले समता स्कूलको प्रांगणमा ४ हजार विद्यार्थी सामू एक नयाँ कीर्तिमानको प्रयास गरेको छ । श्रावण २९ गते समूहले १ मिनेट १२ सेकेन्ड ५६ मिली सेकेन्डमा १०१ जना विधार्थीहरूलाई १ वर्षको छात्रवृत्ति प्रदान गरेको छ । विश्वमा यो एउटा नौलो तथा उत्कृष्ट उदाहरणीय कीर्तिमान हुने आयोजकको दाबी छ ।

विश्व किर्तीमानका लागि गनिका गुरुङ, रोशन कुमार, टिकवीर राई, चमरसिंह तामाङ, सुजना राई, अनिल बुर्जा मगर, सरला पन्थी, शिरिष्मा लामा र निर्णाय श्रेष्ठ एनएसकेू अभियानमा जोडिदै विभिन्न १० जिल्लाका स्कूलका विधार्थीहरूलाई १ वर्षको छात्रवृत्ति प्रदान गरिएको छ । यो विश्व कीर्तिमानको अवलोकन वर्ल्ड बुक अफ रेकर्ड, नेपालका अध्यक्ष सागर कट्वालले गर्नुभएको थियो । वहाँको अनुसार यस कार्यक्रमको श्रव्य दृश्य लन्डनमा पठाईनेछ र त्यसलाई अध्ययन गरि विश्व कीर्तिमानको उपाधि दिईनेछ ।

कार्यक्रमका सहभागी वरिष्ठ रयापर तथा समाजसेवी श्री निर्णाय श्रेष्ठका अनुसार यो एउटा प्रतीकात्मक विश्व कीर्तिमान हुनेछन् जसले अरू समाजसेवीहरूलाई उत्प्रेरित कार्य गर्न हौसला मिल्नेछ । साथै समूहलाई प्रतिनिधि गर्दै अर्को सहभागी गनिका गुरुङले भन्नुभयो ‘अहिले हामीले १०० विधार्थीलाई छात्रवृत्ति प्रदान गरेका छौं भने भविष्यमा १००१ जना विधार्थीलाई छात्रवृत्ति प्रदान गरि यो कीर्तिमान ब्रेक गरि नयाँ कीर्तिमान राख्ने प्रयास गर्नेछौँ’ ।

Inside Article Ads

यस कार्यक्रमका साक्षी तथा समता स्कूलका प्रिन्सिपल अजय अधिकारी सुशील भन्नुहुन्छ ‘म धेरै खुसी छु यो समूहको जोस र जाँगर देखेर साथै वहाँ व्यक्त गर्नुहुन्छ हामी भन्छौँ नेपाल एक विविधतामा एकता भएको देश हो र यो भनाईलाई यो समूहले प्रमाणित गरेको भन्दै यो समूहलाई विशेष धन्यवाद तथा शुभकामना दिनुहुन्छ’ ।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.