Fast Nepal News

एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता

banner single news

काठमाडौं ─ २७ साउन २०७९

काठमाडौं, परराष्ट्रमन्त्री नारायण खड्काले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता आफूले दिलाएको बताएका छन् । चीन भ्रमण सकेर बिहीबार राति स्वदेश फर्किएका उनले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाएको बताएका हुन् । चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा आफूले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता रहेको जनाएको स्वदेश फर्किएपछि जारी गरिएको प्रेस नोटमा खड्काले उल्लेख गरेका छन् । भेटवार्तामा परराष्ट्रमन्त्री डा खड्काले एक चीन नीतिप्रति नेपालको अटल प्रतिबद्धता दोहो¥याउँदै नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने बताएको चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । त्यसैगरी विदेशमन्त्री वाङले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निःशर्त समर्थन दोहो¥याउँदै नेपाल सरकारको प्राथमिकताअनुसार नेपालको विकास प्रयासमा सहयोग गर्ने आश्वासन दिएका थिए ।

उनले नेपाल र चीनबीच विगमा भएका सहमति र सम्झौतालाई गति दिन दुवै पक्ष तयार रहेको बताए । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा घोषणा भएको ३.५ बिलियन चिनियाँ युआन सहयोगको उपयोगबारे रचनात्मक कुरा भएको उनको भनाइ छ । परराष्ट्रमन्त्री खड्काले चीनले यसअघि दिने भनिएको ३.५ बलियन युआन (करिब ६० अर्ब रुपैयाँ) को चाँडै उपयोगको योजना बनाइने बताएका छन् । तीन दिने चीन भ्रमण सकेर आज (बिहीबार) साँझ त्रिभुवन विमानस्थलमा अवतरण गरेका परराष्ट्र मन्त्री डा. खड्काले चिनियाँ राष्ट्रपति सी चिनफिङ आउँदा दिने भनिएको उक्त रकम उपयोगको योजना बनाइने बताएका हुन् । ‘विगतमा भएका सहमति र सम्झौतालाई गति दिन दुवै पक्ष तयार भएका छौँ’, उनले भने, ‘चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा घोषणा भएको ३.५ बिलियन चिनियाँ युआन सहयोग (करिब ६० अर्ब) को उपयोगबारे रचनात्मक कुरा भएको छ ।’

खड्काले नेपालको चीनतिर बढ्दो व्यापार घाटा कम गर्ने विषयमा पनि कुरा राखेको जानकारी गराएका छन् । यस्तै भ्रमणका क्रममा सीमानाका कोभिड महामारी नियन्त्रण संयन्त्र स्थापना गर्ने सहमति पनि दुई पक्षबीच भएको खड्काले बताए । केरुङ–काठमाडौं रेलमार्गबारे छलफल परराष्ट्रमन्त्री नारायण खड्का चीनसँगको द्विपक्षीय बैठकमा विगतमा भएका उच्चस्तरीय भ्रमणमा भएका महत्त्वपूर्ण समझदारीलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने विषयमा जोड दिएको उनले बताए । चिनियाँ विदेशमन्त्री वाङ यीले चीनको सहयोगमा नेपालमा सञ्चालित विकास आयोजनाहरूलाई समयमै सम्पन्न गर्ने विश्वास दिलाएको पनि उनले बताए । दुई देशबीच दोस्रो चरणको काठमाडौं रिङ रोड सुधार परियोजनाको कार्य यथाशीघ्र सुरु गर्ने सहमति भएको छ । साथै केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारको अनुदान सहायतामा गर्ने सहमति पनि भएको उनले बताए ।

Inside Article Ads

यसका लागि यसै वर्ष भित्र चिनियाँ प्राविधिक टोली खटाउने कुरा भएको उनको भनाइ छ । चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा खड्कासँगको द्विपक्षीय भेटवार्तामा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीले सो घोषणा गरेका हुन् । बिहीबार चीनको चिङ्दाओमा नेपाल चीन द्विपक्षीय वार्ता भएको हो । सो वार्तामा नेपाल–चीन सम्बन्ध र सहयोगका समग्र पक्षको समीक्षा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, विपद् व्यवस्थापन, शिक्षा, संस्कृत्लिगायतका विभिन्न क्षेत्रका सहयोगलाई थप प्रवद्र्धन गर्ने सहमती भएको बेइजिङस्थित नेपाली दुताबासद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ । उनकाअनुसार नेपालको अनुरोधमा चिनियाँ पक्षले नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने र नेपाललाई उपयुक्त परिमाणमा रासायनिक मल उपलब्ध गराउने विषयमा सकारात्मक कुराकानी भएको छ ।

चिनियाँ पक्षले नेपालको कृषि क्षेत्रमा सहयोग गर्ने सहमति जनाएको छ । चिनियाँ समकक्षी वाङ यीसँगको भेटका क्रममा आफूले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिबद्धता रहेको बताएको उनले जानकारी दिए । नेपालको भूमि चीनको विरुद्धमा प्रयोग हुन नदिने कुरामा विश्वास दिलाएको उनको भनाइ छ । चिनियाँ विदेशमन्त्री वाङ यीले पनि नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता तथा भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निःशर्त समर्थन रहेको कुरा दोहो¥याएको उनले बताए । साथै वाङ यीले नेपालको विकासको प्रयासमा नेपाल सरकारको प्राथमिकताबमोजिम चीन सरकारको निरन्तर सहयोग रहने विश्वास दिलाएको खड्काले बताए । परराष्ट्रमन्त्री खड्का चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन २४ गते चीन गएका थिए ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.