Fast Nepal News

मृत भेटिए पूर्व वडा अध्यक्ष

banner single news

स्याङ्जा ─ २६ साउन २०७९

स्याङ्जा, वालिङ नगरपालिका ९ का पूर्व वडा अध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला पर्नुभएको छ । वालिङ १३, स्थित गहाखोलाको शाखा सडकमा उहाँ मृत अवस्थामा फेला पर्नुभएको हो । सिद्धार्थ राजमार्ग भन्दा करिव २० मिटर तल लडेको अवस्थामा उनको शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खवर गरेका थिए । ग १६ प ५४६१ नं को स्कुटर सहित श्रेष्ठ पल्टेको अवस्थामा भेटिनुभएको थियो।

Inside Article Ads

गएरातिदेखि नै श्रेष्ठ सम्पर्कविहीन हुनुभएको थियो । उहाँको शव वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा पोस्टमार्टमको लागि पठाईएको वडा प्रहरी कार्यालय वालिङका डिएसपी ढकेन्द्र खतिवडाले बताउनुभयो । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ । श्रेष्ठ २०७४ को स्थानिय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.