Fast Nepal News

निलकण्ठ नगरपालिकाले असुल्न सकेन ठेकेदार कम्पनीसँग बक्यौता रकम

banner single news

धादिङ ─ २६ साउन २०७९

धादिङ, फोहरमैला व्यवस्थापनका लागि शुल्क संकलनको जिम्मा लिएको ठेकेदारले सम्झौता अनुसारको रकम बर्षौदेखी नबुझाउँदा समेत निलकण्ठ नगरपालिकाले ठेकेदार कम्पनीसँग बक्यौता रकम असुल गर्न सकेको छैन । नगरबासीसँग फोहरमैला संकलन र व्यवस्थापनका लागि भन्दै चर्को शुल्क उठाउँदै आएको तर नगरपालिकालाई तिर्नुपर्ने बक्यौता भने नतिरेको पाईएको हो । पटकपटक बुझाउन कम्पनीलाई आग्रह गर्दा समेत अटेर गरेको भनाई नगरपालिकाको छ । अब भने पन्ध्र दिनभित्र नबुझाए कडा कारवाहीको चेतावनी समेत दिइएको छ । नियमअनुसार सम्झौता अनुसारको रकम नबुझाए कम्पनीलाई कानुनअनुसार कारवाही गरी असुल उपर गर्ने नगरपालिकाका कार्याकारी अधिकृत दिनेशराज पन्तले चेतावनी दिनु भएको छ ।

फोहरमैला संकलन गरी व्यवस्थापन गरेवापतको रकम स्थानीयसँग गत चार वर्षदेखी ‘डिजन जागरक वाताबरण संरक्षण अभियान प्रालि’ नामक ठेकेदार कम्पनीले असुल्दै आएको तर नगरपालीकालाई सम्झौता भएअनुसार हालसम्म पनि बुझाएको नपाइएपछि कारबाहीको चेतावनी दिईएको हो । तर ठेकेदार कम्पनीले भने आफुले रकम बुझाउँदै आएको दावी गरेको छ । नगरपालिकाले २०७५ साल बैशाखदेखी प्रति वर्ष पालिकालाई ७ लाख रुपैयाँ बुझाउने शर्तमा सो ठेकदार कम्पनीलाई फोहर मैला संकलन गरी ब्यवस्थापन वापतको शुल्क संकलनको जिम्मा दिईएको थियो । सो कम्पनीले नगरबासीसँग फोहरमैला संकलन र ब्यवस्थापन गरेवापतको रकम भने गत महिनासम्म उठाउदै आएको थियो ।
जनप्रतिनिधिकै मिलेमतोमा बुझाउनुपर्ने बक्यौता रकम पनि नबुझाएको, ठेक्का सम्झौता पनि तोड्न नसकेको नीलकण्ठ नगरपालिकाको भनाई छ ।

Inside Article Ads

ठेक्का सम्झौता अनुसारको रकम हरेक वर्ष नगरपालिकालाई अग्रिम बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौता अनुसार नभएमा स्वतः ठेक्का रद्द हुने र कम्पनीले नगरवासीसँग समेत रकम असुल्न नपाउने कानुनी मान्यता रहेको प्रमुख प्रशासकीय अधिकृत पन्तको भनाई छ । २०७५ साल अघि २०७३ र २०७४ सालमा क्रमसः वर्ष २९ र तेत्ती लाखमा फोहर संकलन गरी ब्यवस्थापन गरेवापतको रकम उठाउने ठेक्का लगाइएको थियो । २०७५ साल पछि भने डिजन जागरक वाताबरण संरक्षण अभियान प्रालिलाई नगरपालिकाले वर्षिक ७ लाख भुक्तानी गर्ने शर्तमा दश वर्षका लागी ठेक्का सम्झौता गरेको हो । नगरपालिकालाई हालसम्म सो कम्पनीले २६ लाख उनानचालीस हजार बक्यौता बुझाउन बाँकी रहेको छ । कम्पनीले नगरपालिका क्षेत्र भित्रका दुई हजार पाँच सय घरधुरीसँग प्रति महिना प्रतिघरमा एक सय पचासदेखी पाँच सय रुपैयाँसम्म फोहरमैला संकलन तथा ब्यवस्थापन वापतको रकम संकलन गर्दै आएको छ ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.