Fast Nepal News

रियल मड्रिडलाई सुपर कप उपाधि

banner single news

काठमाडौं ─ २६ साउन २०७९

काठमाडौं, आफ्नो करियरको ३२४औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधी रियल मड्रिडलाई जिताएका छन् । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २-० ले पराजित गर्दै रियलले सुपर कप उपाधी जितेको हो । रियलको जितमा डेभिड अलाबा र बेन्जेमाले दुबै हाफमा एक एक गोल गरे ।

Inside Article Ads

बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यस अघि रियलले ला लिगा र युईएफए च्याम्पियन्स लिगको उपाधी जितेको थियो । बेन्जेमाले रियलका लागि ६१० खेलमा ३२४ गोल पुर्‍याएका छन् । उनी कृष्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन् । ३४ वर्षीय बेन्जेमाले यस सिजन ४६ खेलमा ४४ गोल गरेका छन् ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.