Fast Nepal News

भोलि देशभरिका नासु बिदामा बस्ने : कर्मचारीको आन्दोलन

सिंहदरबारभित्र कर्मचारीको ‘पेन डाउन’

banner single news

२३ साउन, काठमाडौंं । ‘आज सिंहदरबारमा ‘पेन डाउन’ गरेर सूचना तथा सञ्चार मन्त्रालयको हलमा भएको नासु कर्मचारीहरुको भेलाले भोलि देशभरीका नासु बिदामा बस्ने र अर्थमन्त्री, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, अर्थ सचिव र सामान्यका सचिवलाई मागको विषयमा एसएमएस गर्ने निर्णय भएको छ’ बजेट घोषणा विपरीत असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका छन् । आन्दोलनको कार्यक्रम अनुसार नायव सुब्बा कर्मचारीले भोलि मंगलबार बिदामा बस्ने घोष्णा गरेका छन् । देशभरीका नासु कर्मचारीहरुले बिदा बस्ने निर्णय गरेको निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताए ।

उनले भने, ‘थप आन्दोलनका थप कार्यक्रम हामी भोलि तय गर्छौं ।’असमान तलब वृद्धि र निजामती सेवा ऐनको विषयमा नासु कर्मचारी आन्दोलित हुँदै आएका छन् । उनीहरुले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक÷अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग उनीहरुको छ ।
सिहंदरबारभित्रका निजामती कर्मचारीहरू आन्दोलित भएका छन् ।

निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईका अनुसार ‘नासु बचाऊ अभियान’को नेतृत्वमा आज ‘पेन डाउन’ गरिएको हो । अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीहरूको तलब धेरै वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् ।

Inside Article Ads

आन्दोलनको नेतृत्व गरिरहेका प्रकाश भट्टराई अनुसार पहिलो चरणमा ‘पेन डाउन’ आन्दोलन भएको हो ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.