
काठमाण्डौ,असार
लम्किचुहा नगरस्तरिय बाल संजालको आयोजनामा शुक्रबार लम्किचुहा नगरपालिकाको भावनामा एक दिने वक्तृवकला प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिका भित्र पर्ने सरकारी विद्यालयबाट एक एक जना प्रतियोगी विद्यार्थीको सहभागिता गराइएको थियो बाल विवाह न्युनिकरणमा विद्यार्थीको भूमिका शिर्षकमा आयोजित वक्तृत्वकला प्रतियोगिताको मुख्य उद्देश्य बालविवाहको न्युनिकारण गर्ने थियो ।
नगरस्तरिय बाल संजालको आयोजनामा गरियको यस वक्तृत्वकला प्रतियोगितामा नगरपालिका भरिका १५ ओटा विद्यालय सहभागिता जनाएका थिय । प्रत्यक विद्यालयबाट एक जना प्रतीनिधी शिक्षक 



,विभिन्न संघ-संस्थाका प्रतीनिधी ,शिक्षक महासंघ्का प्रतीनिधी ,बाल संरक्षणका प्रतीनिधी ,इलाका प्रहरी प्रमुख सहितको टोली ,पत्रकारहरु , विद्यार्थी सहित कारीब १५० जनाको सहभागितामा कार्यक्रम संचालन भएको थियो । यस कार्यक्रममा वक्तृत्वका प्रतियोगिताको प्रमुख अतिथी तथा नगर प्रमुख शुशिला शाहि, विशिष्ट अतिथी तथा नगर उपप्रमुख जुना चौधरी ,अतिथी को रुपमा शिक्षक शाखा प्रमुख गौरिकान्त न्यौपाने ,इलाका प्रहरी कार्यालय लम्किका प्रमुख जोगी सांउद,सामजिक अभियान्ता केपी खनाल ,GNI जिल्ला संयोजक रंजित चौधरी ,लम्किचुहा शिक्षक संघका अध्यक्ष रामप्रसाद तिमील्सेना , रेडक्रस समितिका जिल्ला सभापती रंगप्रसाद तिमील्सेना सहित अन्य अतिथिहरु
हुनुहुन्थ्यो । प्रमुख अतिथिले कार्यक्रममा आयोजकको प्रसंशा गर्दै उहाले बाल विवाह एउटा जटिल समस्याको रुपमा रहेको बताउनुभयो । उहाले यस कार्यक्रमले बालविवाह जस्ता बालबालिकाको समस्यामा ध्यान आकर्षण भएको र यसको समाधान गर्न योजना बनाएको प्रतिबद्धता जनाउनुभयो । उपस्थित सबै अतिथिले कार्यक्रम एउटा उपलब्धिमुलक भएको र आगामी दिनमा पनि नगरबाल संजालालाइ साथ सहयोग गर्नेछौ भन्दै मन्तब्य राख्नुभयो ।
१५ ओटा विद्यालय सहभागी रहेको वक्तृत्वकला प्रतियोगितामा राष्ट्रीय नमुना मा वि मोतिपुर कि प्रतिभा जैशी प्रथम , सरस्वती मा .वि प्रतापुरका आशिस सुवेदी द्वितिय ,बालकल्याण मा. वि भुरुवाका टंक संज्याल तृतिय र राष्ट्रीय मा .वि वामनपुरकी चित्रा आचार्य ले सान्त्वना स्थान हासिल गरेका थिय । यस प्रतियोगिताको निर्णयकमा दिपक पौडेल ,प्रेम चौधरी र निरुता चौधरी रहनुभएको थियो । कार्यक्रममा अभियान्ता केपी खनालर सागर रिमाल लाई समान गर्दै प्रमुख अतिथीको हातबाट प्रथम, द्वितिय, तृतिय र सान्त्वना स्थान हासिल गर्नेलाई पुरस्कार समेत प्रदान गरियो ।
कार्यक्रमका सभापती लम्किचुहा नगरस्तरिय बाल संजालका अध्यक्ष तपेश जैशिको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य बाल संजालकि सहसचिव चन्द्रमा जैशिले दिनुभएको थियो भने कार्यक्रम संचालक बाल संजालका सचिव दीपेन्द्र रावल हुनुहुन्थ्यो । वक्तृत्वकला प्रतियोगिता लम्किचुहा नगरपालिकाको आयोजनामा तथा गुडा नेवर्स इन्टरनेश्नल र सेवक नेपालको सहयोगमा भएको थियो । यस कार्यक्रमका सभापती तथा नगर बाल संजालाला अध्यक्ष तपेश जैशिले आगामी दिनमा पनि नगर बाल संजालले बालबालिकाको क्षेत्रमा रहेर काम गर्ने प्रतिबद्धता जनाउदै कार्यक्रमको समापन गर्नुभएको घोषणा गर्नुभयो ।
