Fast Nepal News

नेपाल प्रहरीमा खुल्यो ५ हजार भन्दा बढीलाई जागिर

banner single news

काठमाडौं, असोज ३० – प्रहरी प्रधान कार्यालयले पाँच हजार भन्दा धेरै नयाँ प्रहरी भर्ना गर्न लागेको छ। प्रहरी जवान पदका लागि आज विज्ञापन निकालेर कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी भर्ना लिन लागेको हो।

जसमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ। अरू समावेशीतर्फ छ । समावेशीतर्फ सबैभन्दा धेरै कोटा आदिवासी जनजातिका लागि सात सय ३७ वटा कोटा छ। महिलातर्फ चार सय ४१ जना मागेको छ।

Inside Article Ads

कात्तिक १६ गतेदेखि मंसिर २३ भित्र इच्छुकले फारम भरिसक्नुपर्ने प्रहरी प्रधान कार्यालयले आज गोरखापत्रमा प्रकाशन गरेको सूचनामा उल्लेख छ।७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिनेछ। दरखास्त फारमको एक सय ५० दस्तुर लाग्नेछ। कक्षा आठ वा सो सरह पास गरेकोले फारम भर्न पाउँछन्।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.