Fast Nepal News

क्यानडाको भ्यानकुभरमा गोली चल्दा बन्दुकधारीसहित ३ जनाको मृत्यु : प्रहरी

banner single news
ओटाबा ─ १० साउन २०७९
ओटाबा, एक बन्दुकधारीले भ्यानकुभर नजिकै शृंखलाबद्ध गोली चलाउँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य दुई जनालाई घाइते भएका छन् । प्रहरीको जबाफी कारबाहीमा आक्रणकारी मारिएका छन् । ‘एक मात्र बन्दुकधारीले चार जनालाई गोली हानेका थिए’ लाङ्लीका प्रहरी प्रमुख गालिब भयानीले पत्रकार सम्मेलनमा भने पीडितमध्ये दुई जनाको मृत्यु भएको उनले बताए । त्यस्तै, बन्दुक हमलामा गोली लागेकी महिलाको अवस्था गम्भीर रहेको र चौथो व्यक्तिको खुट्टामा गोली लागेको उनले बताए ।
Inside Article Ads
अधिकारीहरूले अझै पनि पीडित र संदिग्धहरूको पहिचान गर्न र तिनीहरूबीचको सम्भावित सम्बन्धबारे अध्ययन गरिरहेको उनले बताए । छिमेकी अमेरिकामा सामूहिक गोलीकाण्डको लहर पछि प्रधानमन्त्री जस्टिन ट्रुडोले हाते बन्दुकको स्वामित्वमा कडाइको तयारी गरेका छन् । एजेन्सी
Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.