Fast Nepal News

विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा

banner single news

डब्लुएचओ ─ ०८ साउन २०७९

डब्लुएचओ, विश्व स्वास्थ्य संगठनले मंकिपक्सको संक्रमण व्यापक रुपमा बढ्दै गएपछि स्वास्थ्य आपतकालको घोषणा गरेको छ । विश्वका ७५ देशमा मंकिपक्स फैलिएपछि डब्लुएचओले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको हो । विश्वभर सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबैभन्दा उच्च तहको चेतावनी जारी गरेको हो । डब्लुएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि यस्तो घोषणा गरिएको हो । डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले विश्वभर १६ हजार भन्दा धेरै मानिसमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

Inside Article Ads

मङ्कीपक्सका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । आपतकालीन समितिमा मङ्कीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल भन्ने कि नभन्ने विषयमा एकमत हुन सकेको थिएन । तर प्रकोप विश्वभर व्यापक रूपमा फैलन थालेसँगै अन्तर्राष्ट्रिय सरोकार बनेको र आपतकाल घोषणा गरिएको जनाइएको छ । मङ्कीपक्स बाहेक हाल कोरोना भाइरस र पोलिओ उन्मुलन सम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपतकाल लागू गरिएका छन् ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.