Fast Nepal News

डिस होममा डिलर दाइको डिसकाउन्ट विजेता लमजुङका श्रेष्ठलाई १ लाख पुरस्कार प्रदान

banner single news

लमजुङ, २३ साउन- डिस होममा डिलर दाइको डिसकाउन्ट विजेता लमजुङको मध्य नेपाल नगरपालिका निवासी ६४ वर्षीय वालचन्द्र श्रेष्ठलाई शुक्रबार १ लाख रुपैया पुरस्कार प्रदान गरिएको छ । उक्त पुरस्कार मध्य नेपाल नगरपालिका वडा न.२ का अध्यक्ष पदम वहादुर थापा र डिस होमका तनहुँ,लमजुङ र गोरखाका वितरक शुभलक्ष्मी डिटी एच नेटवर्क प्रा.लि.का प्रोपाइटर कृष्ण राज पण्डितले संयुक्त रुपमा श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । लक्ष्मण पौडेलद्वारा संचालित इलेक्ट्रोनिक सोतिपसल जि एल ए एम ६ वाट रिचार्ज गर्दा श्रेष्ठ सो पुरस्कार विजेता बनेका हुन् । गण्डकी प्रदेशका एरिया इन्चार्ज राजाराम पौडेलले वार्षीक रुपमा रिचार्ज गर्नेहरु मध्ये लक्की ड्र गरी २ जनालाई १÷१ लाखको पुरुस्कार दिदै आएको बताए । कार्यक्रममा वोल्दै नेटवर्क प्रालिका प्रोपाइटर पण्डितले तनहुँ, लमजुङ र गोरखामा डिस होमका ६० हजार ग्राहक रहेको जानकारी दिए । ‘१ लाख ग्राहक पु¥याउने लक्ष्य हाम्रो छ’ उनले भने । डिस होमले छिट्टै फाइभर नेट सञ्चालनमा ल्याउने जानकारी समेत उनले दिए । वडा अध्यक्ष थापाले तार रहित डिस होमको प्रयोग गर्न सके ग्रामिण वासिन्दाहरुलाई सुचनाबाट वञ्चित हुन नपर्ने बताए । पुरस्कार वितरण कार्यक्रममा निर्दोष घिमिरे लगायतकाले डिस होमको फाइदा बारे जानकारी दिएका थिए । विजेता श्रेष्ठले पुरस्कार प्राप्त गर्दा आफुलाई निकै खुशी लागेको बताए ।

Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.