Fast Nepal News

गोरखाको चुमनुब्रिमा हेलिकोप्टरबाट पाँच करोड रुपयाँ ढुवानी

banner single news

गोरखा ─ २९  असार २०७९

गोरखा, गोरखाको अत्यन्तै दुर्गम गाउँपालिका चुमनुब्रिमा हेलिकोप्टरबाट पैसा दुवानी गरिएको छ। सड़क सञ्जालले नजोडिएको गोरखाको एक मात्र गाउँपालिका चुननुब्रिमा हेलिकोप्टरबाट पैसा दुवानी गरिएको हो पालिकाको केन्द्रमा रहेको एक मात्र बैंक कुमारी बैकलाई पालिकामा चालु आर्थिक बर्षमा संचालित योजानामा भएको खर्च भुक्तानी गर्न पैसा हेलिकोप्टरबाट ल्याइएको गाउँपालिकाले जनाएको छ।

Inside Article Ads

यसका साथै यसै रकममध्येबाट चुमनुब्रिका बृद्धबृद्धा र असक्त एवं अपांङ्गलाई सामाजिक सुरक्षा भत्ता पनि उपलब्ध गराइने छ । गाउँपालिकाको नियमित खर्च पनि हेलिकोप्टरमार्फत लगिएको पाँच करोड रुपियाँबाट नै हुने पालिकाले जनाएको छ ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.