Fast Nepal News

सदनमा अड्किएका विधेयकको अवस्था हेर्न विशेष संसदीय समिति गठन गर्नुपर्छ : दाहाल

banner single news

काठमाडौं ─ २८ असार २०७९

काठमाडौं, प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद देवेन्द्र दाहालले संसदमा अड्किएर बसेका विधेयकहरुको अवस्था हेर्नका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने बताउनुभएको छ । मङ्गलबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्नुहुँदै सांसद दाहालले प्रतिनिधिसभा र राष्ट्रिय सभामा धेरै विधेयकहरु अड्किएर बसेको बताउनुभयो । उहाँले संसदमा अड्किएर रहेका तथा विचाराधिन विधेयकहरुलाई हेर्नेगरी दुवै सदनमा अनुगमन, सुपरिवेक्षण र सुझाव समिति गठन गर्नुपर्ने बताउनुभएको हो ।

सांसद दाहालले सरकारको बेवास्ताका कारण संसदमा विधेयक र कानुनहरु अलपत्र परेको भन्दै सो समितिले विधेयकको अवस्थाको सम्बन्धमा कुनै पनि समयमा अनुगमन, सुपरिवेक्षण गर्ने र झक्झकाउने काम गर्नसक्ने उल्लेख गर्नुभयो । सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रियसभामा दर्ता गरेकोप्रति विरोध जनाउनुभयो । विगतमा केपी ओली नेतृत्वको सरकारले जे कुरा ल्याएको थियो विधेयकमा सोही कुरा ल्याएको भन्दै उहाँले सरकारले जे कुराको विरोध गरेको हो सोही कुरा ल्याएको दाबी गर्नुभयो ।

Inside Article Ads

सो विधेयकको सम्बन्धमा सभामुख अग्निप्रसाद सापकोटाले विगतमा सर्वोच्च अदालतमा मुद्दा हालेको भन्दै राष्ट्रिय सभाका अध्यक्षले सभामा छलफल गराउनु पूर्व सभामुखको धारणा पुरानै हो कि फेरिएको हो सोध्नुपर्ने उहाँले बताउनुभयो । सरकारले सत्ता टिकाउनका लागि मात्रै विधेयक ल्याएको उहाँको भनाइ छ । सांसद दाहालले शून्य समय र विशेष समयमा प्रस्तुत विषयहरुको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सदनमा उपलब्ध गराउनुपर्ने व्यवस्था भएपनि मन्त्रीहरुले जवाफ नदिने गरेको आरोप लगाउनुभयो । उहाँले जवाफ नदिने मन्त्रीहरुलाई नियमावलीको व्यवस्था अनुरुप मुद्दा हाल्ने पनि बताउनुभयो ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.