Fast Nepal News

प्रदेश नम्बर एकलाई ‘नाम’को सकस

banner single news

मोरङ ─ २८ असार २०७९

मोरङ, सातवटा प्रदेशमध्ये प्रदेश नम्बर १ बाहेक सबै प्रदेशले प्रदेशको नामाकरण गरिसकेको छ । एकल पहिचान वा बहुपहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने विवादका कारण प्रदेशसभाको पहिलो कार्यकाल बित्‍न लाग्दा समेत प्रदेश १ को नामाकरण हुन सकेको छैन । प्रदेश नम्बर १ को सबैभन्दा ठूलो दल नेकपा एमालेले जातिय वा सम्प्रदायको पहिचानबाहेक अन्य पहिचानका आधारमा नाम प्रस्तावित गरिरहेको छ । नेकपा एमालेले कोशी प्रस्तावित गरिरहेको बेला नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले कोशी किराँत भनेर बहुपहिचान प्रस्तावित गरेको छ ।

उता प्रदेशसभाको दोश्रो ठूलो दल नेपाली कांग्रेसले भने भौगोलिक पहिचानलाई सहमतिको बिन्दु बनाउने गरी सप्तकोशी वा सगरमाथामा सहमति खोज्ने प्रयास गर्दै आएको नेपाली कांग्रेसका प्रमुख सचेतक सुयर्माराज राईले जानकारी दिनुभयो । नेकपा एमालेका नेता एवम् पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश नम्बर १ को नामाकरण पहिचानका आधारमा गर्न एमाले तयार रहेको तर पहिचानका ५ आधारमध्ये जातीय र क्षेत्रीयता बाहेक भौगोलिक अथवा अन्य पहिचानका आधारमा नामको टुङ्गो लगाउनुपर्ने बताउनु भयो ।

Inside Article Ads

पहिलो कार्यकाल एवम् चालू बजेट अधिवेशनमा नै प्रदेशको नामाकरण गर्न सबै राजनैतिक दलहरु तयार देखिएका छन् । यसैका लागि राजनैतिक दलहरु बीच एक्ला एक्लै र सामुहिक रुपमा छलफल समेत भईरहेकेा छ । प्रदेश १ को ९० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको ३९, नेपाली कांग्रेसको २१, माओवादी केन्द्रको १५, नेकपा एसको १०, जसपाको ३ तथा राप्रपा र संघिय लोकतान्त्रिक राष्ट्रिय मंचको एक एक जना सांसद रहेका छन् । प्रदेश नामाकरण पारित गर्न प्रदेश सभाको दुई तिहाई अर्थात ६० जनाको बहुमत आवश्यक पर्दछ ।

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.