Fast Nepal News

सार्वजनिक गाडीको भाडा बढ्यो

banner single news

काठमाडौं ─ २८ असार २०७९

काठमाडौं, सोमबारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडादर बढेको छ । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको जनाएको हो । विभागका अनुसार यात्रुवाहक गाडीमा एक दशमलव ७९ प्रतिशतले भाडा बढेको छ ।

Inside Article Ads

यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडादर समायोजन भएको छ । वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.