Fast Nepal News

इजिप्ट र अष्ट्रियाका लागि राजदूत नियुक्त

banner single news

काठमाडौं ─ २८ असार २०७९

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । उनले इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशीलकुमार लम्साल र अष्ट्रियाका लागि आवासीय राजदूतमा भरतकुमार रेग्मीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । आचार्यका अनुसार सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरुलाई राजदूतमा नियुक्त गरेकी हुन् ।

Inside Article Ads

‘राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सुशीलकुमार लम्साललाई इजिप्टका लागि नेपालको आवासीय राजदूत पदमा र भरतकुमार रेग्मीलाई गणतन्त्र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसंघ कार्यालय, भियनाको लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गर्नुभएको छ,’ प्रवक्ता आचार्यले भने ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.